काठमाडौं। भूतपूर्व सैनिक तथा निवृतभरणमा रहेका परिवारहरूको सहभागितामा श्री नम्बर २२ बाहिनी अड्डा रामनगर ब्यारेक रुपन्देहीमा भूतपूर्व सैनिक सम्मेलन-२०७६ गरिएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्मेलन आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।
समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले अवकाशप्राप्त सैनिक व्यक्तिहरूको अवकाशपछिको जीवनमा थप ऊर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, आफ्ना सुख दुःखको अनुभवहरू साट्ने, एक आपसमा सामिप्यताको भावना जागृत गराउने, नेपाली सेनाद्वारा संचालित विविध कल्याणकारी कार्यहरूको जानकारी गराई समायानुकुल सुधारको लागि थप राय सुझावहरू संकलन गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बताए।
अवकाशप्राप्त सैनिक व्यक्तिहरूले विगतमा पुर्याएको सेवा र समर्पणको यथोचित सम्मान गरी सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको थापाले बताए।
उनले कल्याणकारी कोषको दिगोपन, मितव्ययी र पारदर्शी प्रयोग, हिताधिकारीहरूको असीमित चाहना र आकांक्षाहरूको दीर्घकालीन सोचसहित समुचित व्यवस्थापन गर्नको लागि कल्याणकारी सोच २०३० तयार गरिएको प्रधानसेनापति थापाले बताए।
त्यसमा चार ‘स’ अर्थात् स्वास्थ्य, शिक्षा, सीप र स्वःरोजगार तथा सुविधा र सहुलियतको अवधारणा अनुरुप कल्याणकारी कार्यक्रमहरू कार्यान्वयन गर्नेतर्फ सेनाको ध्यान केन्द्रित रहेको उनले बताए।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुरू भएको उक्त सम्मेलनमा नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा जिल्लामा बसोबास गर्ने नेपाली सेनाका भूतपूर्व सैनिकहरू तथा तिनका परिवारको सहभागिता रहेको थियो।
सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका १२ जना ऋणीहरूलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट उद्यमी व्यावसायी पुरुषतर्फ जमदार टेमबहादुर वगाले (अ.प्रा.) र एकल महिलातर्फ सर्वोत्कृष्ट उद्यमी व्यावसायी मिठुकुमारी खत्रीलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण गरिएको थियो।
सोही क्रममा फरक क्षमता भएका १४ जना भूतपूर्व सैनिक तथा परिवारहरू र ६ जना बहालवाला सैनिकहरूलाई ह्वीलचियर वितरण गर्नुका साथै भूतपूर्व तथा बहालवाला सैनिक एक/एक जनालाई बैशाखी वितरण गरिएको थियो।
" /> काठमाडौं। भूतपूर्व सैनिक तथा निवृतभरणमा रहेका परिवारहरूको सहभागितामा श्री नम्बर २२ बाहिनी अड्डा रामनगर ब्यारेक रुपन्देहीमा भूतपूर्व सैनिक सम्मेलन-२०७६ गरिएको छ।प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्मेलन आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।

">