शैक्षिक हड्ताल नगर्न अपिल
<p>काठमाडाैं। नेपाल बार एशोसिएशनको मानवअधिकार तथा जनसरोकार समितिले राजनीतिक मुद्दाका विषयलाई लिएर कुनै पनि किसिमको शैक्षिक हड्ताल नगर्न अपिल गरेको छ।</p>
<p>समितिका संयोजक सुनीलकुमार पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र ठानी आगामी दिनमा शैक्षिक क्षेत्रमा कुनै पनि किसिमको बन्द हड्ताल नगर्न अपिल गरिएको छ।</p>
<p>नेपालको संविधानले बालबालिकाले शिक्षा प्राप्त गर्ने कार्यलाई मौलिक हकको रूपमा व्यवस्था गर्दै नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय महासन्धिहरूले पनि शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा स्वीकार गरेको हुँदा संवैधानिक व्यवस्थालाई सम्मान गर्न माग गरिएको छ।</p>
<p>राजनीतिक दल र तिनका भातृ संघ/संगठनले आफ्ना राजनीतिक मुद्दालाई अगाडि सारेर शैक्षिक संस्थामा पठनपाठन अवरुद्धलगायतका कार्य नगर्न समितिले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
