काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीमा शान्ति र भाइचारा बनाइराख्न अनुरोध गरेका छन्। तीन दिनदेखि जारी हिंसाका सम्बन्धमा पहिलोपल्ट मोदीले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
मोदीले ट्वीट गर्दै दिल्लीको विभिन्न भागको अवस्थाबारे आफूले गहन समीक्षा गरिरहेको पनि बताएका छन्। उनले हिंसाग्रस्त क्षेत्रमा शान्ति कायम गर्न र अवस्था सामान्य तुल्याउन प्रहरी तथा अन्य निकायहरूले काम गरिरहेको दाबी गरेका छन्। उत्तर पूर्वी दिल्लीमा तीनदिनदेखि हिंसा जारी छ।
विपक्षी दल कांग्रेस पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले गृहमन्त्री अमित शाहले राजीनामा दिनु पर्ने माग गरेकी छन्। उनले दिल्लीमा यस्तो अवस्था आउनुमा केन्द्र सरकार र गृहमन्त्री मुख्य दोषी भएको बताएकी छन्।
सोनियाको अभिव्यक्तिपछि सत्ताधारी भारतीय जनता पार्टीले पत्रकार सम्मेलन गरेर कांग्रेस पार्टीले दिल्लीमा भएको हिंसामाथि राजनीति गरेको आरोप लगाएको छ।
दिल्लीमा भड्किएको हिंसामा परेर हालसम्म कम्तीमा २३ जनाको मृत्यु भइसकेको छ। साढे दुइ सय जनाभन्दा बढी घाइते भएका छन्। हिंसात्मक गतिविधिमा संलग्न १०८ जना पक्राउ परेका छन्।
नागरिकता संशोधन कानुनका समर्थक र विरोधीहरूबीच मुठभेड हुँदा दिल्लीको अवस्था अनियन्त्रित बनेको छ। खासगरी दिल्लीको चाँदबाग, मौजपुर, जाफराबाद, बाबरपुर लगायतका ठाउँमा बढी हिंसा भएको छ।
यसैबीच भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले हिंसा प्रभावित क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन्। डोभल मौजपुर क्षेत्रमा पुगेका थिए। जहाँ उनले प्रहरीका उच्च अधिकारीहरूबाट त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिए।
डोभलले प्रहरीले सक्रियतापूर्वक काम गरिरहेको र अहिले अवस्था नियन्त्रणमा आएको प्रतिक्रिया दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। कानुन पालना गराउने निकायहरूप्रति आफू विश्वस्त रहेको बताएका डोभलले स्थानीयसँग पनि कुरानकानी गरेका थिए।
उता दिल्ली हाइकोर्टले पनि हिंसाप्रति गम्भीर चासो देखाएको छ। उच्च अदालतले त्यहाँका पुलिस कमिश्नरलाई सबै भड्काउपूर्ण भाषणको भिडिओ क्लिप हेरन र एक्सनमा जान भनेको छ।
भाजपाका नेता कपील मिश्राले भड्काउपूर्ण अभिव्यक्ति दिएर हिंसामा मलजल गरेको भन्दै आम आदमी पार्टीले उनलाई पक्राउ गर्न माग गरेको छ।