काठमाडौं। अध्यापन अनुमति पत्र (लाइसेन्स)को परीक्षाफल प्रकाशन शुरू भएको छ। शिक्षक सेवा आयोगले गत असोजमा लिएको लाइसेन्सको परीक्षाफल प्रकाशन शुरू गरेको हो।

आयोगले आज माध्यमिक तहका विभिन्न सात विषयको नतिजा सार्वजनिक गरेको छ। आयोगले ईलेक्ट्रिकल इञ्जिनीयरिङ, सिभिल इञ्जिनीयरिङ, पशु विज्ञान, बाली विज्ञान, कानून, कम्प्युटर ईञ्जिनीयरिङ र कम्प्युटर विज्ञानको नतिजा प्रकाशन गरेको हो।

आयोगले कम परीक्षार्थी रहेका विषयबाट नतिजा प्रकाशनको काम शुरु गरेको छ। अब क्रमैसँग अन्य विषयको नतिजा सार्वजनिक गर्दै जाने आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए।

न्यूनतम ५० अंक प्राप्त गर्ने उम्मेद्वारहरू उत्तीर्ण हुने व्यवस्था अनुसार नतिजा सार्वजनिक गरिएको अर्यालले बताए।

ईलेक्ट्रिकल इञ्जिनीयरिङका लागि ९१ परीक्षार्थी सहभागी थिए। जसमध्ये ४३ जना पास भएका छन्। की उल्लेख नगर्दा पाँच जना परीक्षार्थीको वस्तुगततर्फको उत्तरपुस्तिका रद्द गरिएको छ। त्यस्तै सिभिल ईञ्जिनीयरिङका लागि २५८ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये ४९ जना मात्र पास भएका छन्। चार जनाको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ।

पशु विज्ञानका लागि परीक्षामा ४३ जना सहभागी भएकोमा २९ जना पास भएका छन्। त्यस्तै बाली विज्ञानका लागि ३८० जना परीक्षार्थी थिए। जसमा २४९ जना पास भएका छन् भने १५ जनाको परीक्षा रद्द गरिएको छ।

कानूनमा ४४ जना परीक्षामा सहभागी भएकोमा ३५ जना, कम्प्युटर ईञ्जिनीयरिङका लागि परीक्षामा १७९ जना सहभागी भएकोमा ६० जना पास र तीन जनाको परीक्षा रद्द भएको अर्यालले बताए।

यस्तै, कम्प्युटर विज्ञानको परीक्षामा ६५५ जना सहभागी भएकोमा ३४८ जना पास भएका छन्। ३२ जनाको परीक्षाक रद्द गरिएको छ।

यी सात विषयको लागि एक हजार ६२६ जनाले परीक्षा दिएका थिए। जसमा ८१३ जना पास भएका छन्। उत्तरपुस्तिकामा की उल्लेख नगर्दा ५९ जनाको परीक्षा नै रद्द गरिएको छ।

पास भएकाहरूले सम्बन्धित प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमार्फत अध्यापन अनुपति पत्र प्राप्त गर्नेछन्।

पहिलो चरणमा प्रकाशित भएको नतिजा अनुसार परीक्षार्थीको अवस्था कमजोर देखिएको छ। वस्तुगततर्फ राम्रै देखिए पनि लिखितमा एकदम कमजोर रहेको आयोगका कर्मचारीहरूको भनाइ छ।

तर, आयोगका प्रशासकीय प्रमुख अर्याल भने तत्काल नतिजा कमजोर आयो भन्ने निष्कर्षमा पुग्न नहुने बताउँछन्। सबै नतिजा सार्वजनिक भएपछि मात्र विश्लेषण गर्दा राम्रो हुने अर्यालले बताए।

" /> काठमाडौं। अध्यापन अनुमति पत्र (लाइसेन्स)को परीक्षाफल प्रकाशन शुरू भएको छ। शिक्षक सेवा आयोगले गत असोजमा लिएको लाइसेन्सको परीक्षाफल प्रकाशन शुरू गरेको हो।

"> शिक्षक लाइसेन्स नतिजा प्रकाशन शुरू: Dekhapadhi
शिक्षक लाइसेन्स नतिजा प्रकाशन शुरू

प्रतिक्रिया दिनुहोस्