कैलाली। नवजनजागृति क्लबलाई २-० ले हराउँदै थ्री स्टार सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा आज भएको दोस्रो क्वार्टरफाइनलमा थ्री स्टारका लागि संजोग राई र आशिष राईले एक/एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो। खेलको ८०औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेडमार्फत् गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए।
खेलको ८१औं मिनेटमा आशिषले गोल थप्दै थ्री स्टारको जित सुनिश्चित गरे। आशिषले पनि निशान खड्काकै पासकाे सदुपयोग गरे।
खेलपछि प्रतिक्रिया दिँदै थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टीमले सोचेभन्दा राम्रो खेलेका कारण शुरूमा गोल हुन गाह्रो भएको भए पनि पछि गोल हुँदा जित हात पारेको बताए।
नवजनजागृति क्लबका प्रशिक्षक सोनु क्षेत्री भने 'ए' डिभिजन टीमलाई कडा टक्कर दिन सकेकोमा सन्तुष्ट भएको बताए।
अब थ्री स्टारले फाइनल प्रवेशका लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नु पर्नेछ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा भाेलि, १५ फागुनमा नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्नेछन्।
" /> कैलाली। नवजनजागृति क्लबलाई २-० ले हराउँदै थ्री स्टार सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।धनगढी रंगशालामा आज भएको दोस्रो क्वार्टरफाइनलमा थ्री स्टारका लागि संजोग राई र आशिष राईले एक/एक गोल गरे।

">