पश्चिम सेती निर्माणका लागि दबाब दिन पत्र संकलन गरिँदै

कैलाली। प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख पत्र बुझाउने अभियानअन्तर्गत पत्र संकलनकाे काम शुरू भएकाे छ।

७५० मेगावाटको पश्चिम सेती निर्माणका लागि दबाब दिन 'बोलन्या थली' अभियानले पत्र संकलन थालेको हो।

आज विश्व नेपाली साहित्य महोत्सव आयाेजित खुल्ला मन्चबाट पत्र संकलन गर्न थालिएको संयोजक यादव जोशीले बताए।

पत्र संकलनको शुभारम्भ ८४ वर्षीय स्थानीय भोजबहादुर चन्दबाट गरिएको छ। शुरूआतका तीन घण्टामै एक हजार बढी पत्र संकलन भइसकेको छ।

सुदूरपश्चिमका ८८ वटा स्थानीय तहहरूमा संकलन पत्र मन्जुसा पठाउने काम भइरहेको जोशीकाे भनाइ छ। एक महीनाभित्र अभियानले एक लाख पत्र संकलन गरिसक्नेछ।

केही दिनपछि हुलाक र इमेलबाट पनि संकलन कार्य शुरू गर्ने उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्