नुवाकाेट। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोटको विदुर नगरपालिका-१ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गरेका छन्। ९ चैत २००७ मा स्थापित सो विद्यालय गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको थियो।
सो अवसरमा मुख्यमन्त्री पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धारको पढाइ हुनुपर्नेमा जोड दिँदै अबको नयाँ शिक्षालाई परिमार्जन गरी पढाउने हाेइन सिकाउने शिक्षाका रूपमा विकास गर्नुपर्ने बताए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा राम्रो पढाइ हुने गरी विकास गर्नुपर्ने बताए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय एकाइ (शिक्षा)को समन्वय तथा एशियाली विकास (एडीबी) बैंकको आर्थिक सहयोगमा ११ करोड ५३ लाखको लागतमा सो विद्यालयको भवन पुनर्निर्माण गरिएको हो। रासस
" /> नुवाकाेट। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोटको विदुर नगरपालिका-१ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गरेका छन्। ९ चैत २००७ मा स्थापित सो विद्यालय गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको थियो।सो अवसरमा मुख्यमन्त्री पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धारको पढाइ हुनुपर्नेमा जोड दिँदै अबको नयाँ शिक्षालाई परिमार्जन गरी पढाउने हाेइन सिकाउने शिक्षाका रूपमा विकास गर्नुपर्ने बताए।

">