काठमाडौं। गएको २३ पुसमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट केही सञ्चारमाध्यममा एउटा तस्वीर पठाइयो। तस्वीरमा कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कुनै एक प्रहरी कार्यालयको मेसमा खाना खाइरहेको देखिन्थ्यो। केहीले त्यही तस्वीर राखेर समाचार छापे– ‘डीआईजी पोखरेलले प्रहरी जवान, हवल्दारसँगै खाना खाए।’

तस्वीरमा देखिएको ठाउँ महानगरीय प्रहरी वृत्त कीर्तिपुरको थियो। केही दिनअघि मात्र कार्यालय प्रमुख भएर आएका डीआईजी पोखरेल प्रहरी कार्यालयहरूको मेस अनुगमन गर्ने भन्दै त्यहाँ पुगेका थिए। समाचारमा थप उल्लेख थियो– ‘डीआईजीसँगै बसेर खाना खाँदा प्रहरी जवान र हवल्दार खुशी देखिए।’

जसरी पनि चर्चामा आउने ‘रूचि’
रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा ‘पुलिसिङ’ हेर्ने प्रहरीको महत्वपूर्ण निकाय हो। प्रहरी प्रधान कार्यालयको मातहत रहे पनि यसलाई महानगरीय प्रहरीका रूपमा काम गर्ने बेग्लै अधिकारसमेत प्राप्त छ। त्यहीकारण डीआईजीले नेतृत्व गर्ने यो कार्यालयलाई प्रहरीको महत्वपूर्ण र संवेदनशील ईकाइ मानिन्छ।

नेपाल प्रहरीको प्रवक्ता रहेका पोखरेल रानीपोखरीमा सरूवा भएर आउन चाहन्थे। र, गृह मन्त्रालयको २ पुस २०७६ को मन्त्रीस्तरीय निर्णयबाट उनी रानीपोखरी सरुवा भए। ७ पुसमा कार्यालयको नेतृत्व सम्हालेलगत्तै उनको रूचि चर्चा बटुल्नेमा देखिन थाल्यो। २३ पुसमा कीर्तिपुर गएर उनले गरेको ‘जवानको मेसमा खाना खाएको’ प्रचार त्यसकै उदाहरण थियो।

के प्रहरी, के निजामती, के सेना–सबैतिर अहिले काम भन्दा प्रचारमा रमाउने अचम्मको प्रवृति बढ्दो छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगले त उनीहरूलाई आफ्नै प्रचारप्रसारमा केन्द्रित बनाएको छ। २९ माघमा सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल त्यसका दृष्टान्त हुन्। कतिसम्म भने उनले प्रहरीमा काम भन्दा ‘सेलिब्रेटी’ बन्ने क्रमलाई प्रोत्साहन गरेको आरोप लाग्ने गरेको छ।

डीआईजी पोखरेलले आफ्नो मातहतका कार्यालयहरूमा ‘एउटै मेस हुनुपर्ने’ दबाब दिइरहेका छन्। दबाब दिने मात्र होइन, कार्यालयको फेसबुकमार्फत् उनले त्यसको निकै प्रचार पनि गराएका छन्।

प्रहरीको क्षमता बढाउने, संगठनलाई चुस्त बनाउने र कमीकमजोरी सुधार गर्दै लैजाने प्रयास आफैंमा सकारात्मक भए पनि त्यसलाई आफ्नै प्रचारको अस्त्र बनाइँदा समस्या नै देखिन थालेको छ।

जस्तो कि, डीआईजी पोखरेलले आफ्नो मातहतका कार्यालयहरूमा ‘एउटै मेस हुनुपर्ने’ दबाब दिइरहेका छन्। दबाब दिने मात्र होइन, कार्यालयको फेसबुकमार्फत् उनले त्यसको निकै प्रचार पनि गराएका छन्।

मुलुकको राजधानी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कसरी सुदृढ पार्ने भन्नेमा महानगरीय प्रहरी कार्यालय प्रमुख केन्द्रित हुनुपर्ने हो। तर, डीआईजी पोखरेल दिनहुँजसो मेसको उद्घाटन गर्ने र प्रहरीका विभिन्न ईकाइको अनुगमन गर्ने काममा व्यस्त छन्।

प्रहरीकै अधिकृतहरू डीआईजी पोखरेल काम कम र प्रचार–प्रसारमा बढी केन्द्रित भएको गुनासो गर्छन्।

गुनासो मात्र होइन, डीआईजीको ‘रूचि’ले काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी प्रमुखलाई हैरान बनाएको छ। काठमाडौं र ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र भक्तपुरमा प्रहरी उपरीक्षक (एसपी) जिल्ला प्रहरी प्रमुख छन्। डीआईजी पोखरेल अनुगमन, मेस उद्घाटन र निर्देशनका काममा दिनहुँजसो विभिन्न ईकाइमा पुग्दा आफ्नो काम र प्राथमिकतामै बाधा पुगेको उनीहरूको गुनासो हुने गर्छ।

“बस्नलाई पर्याप्त ब्यारेक छैन, ठाउँ साँघुरो हुँदा कार्यालय पनि गतिलो छैन”, एक प्रहरी अधिकृतले भने, “अब खाना खाने छुट्टै मेस कहाँबाट कसरी बनाउने, त्यो बनाउने पैसा कहाँबाट ल्याउने? उहाँलाई त भनिदिए पुगिहाल्यो, गर्ने चाहिँ कसरी ?”

त्योभन्दा हैरानी अर्को छ। डीआईजी पोखरेलले मातहतका सबै प्रहरी ईकाइलाई ‘एउटै मेस बनाउन’ निर्देशन दिएका छन्। भकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बोलाएर उनले ‘अब सिनियर, जुनियर अधिकृत, हवल्दार र जवान सबैको एउटै साझा मेस हुनुपर्ने र सबैले सँगै खाना खानुपर्ने’ निर्देशन दिएका थिए।

डीआईजीको निर्देशन आएपछि नमान्ने कुरा पनि भएन। तर, मान्न पनि सजिलो छैन। “बस्नलाई पर्याप्त ब्यारेक छैन, ठाउँ साँघुरो हुँदा कार्यालय पनि गतिलो छैन”, एक प्रहरी अधिकृतले भने, “अब खाना खाने छुट्टै मेस कहाँबाट कसरी बनाउने, त्यो बनाउने पैसा कहाँबाट ल्याउने? उहाँलाई त भनिदिए पुगिहाल्यो, गर्ने चाहिँ कसरी?”

तत्कालीन प्रहरी महानिरीक्षक कुबेरसिंह राणा र उपेन्द्रकान्त अर्यालको पालामा देशैभर यस्तो निर्देशन दिइएको थियो। जसमा हप्ताको एक दिन हरेक सिनियर अधिकृतले प्रहरी चौकी, इलाका प्रहरी कार्यालयलगायतमा गएर एक रात बास बस्नुपर्ने र खाना खानुपर्ने उल्लेख थियो। त्यसबेला केही दिन उक्त निर्देशन कार्यान्वयनमा आयो, तर त्यसपछि सेलायो। कारण यही थियो, त्यसका लागि स्रोतसाधन केही थिएन।

डीआईजी पोखरेल भने यसलाई आफैंले शुरूआत गरेको अभियानजसरी प्रचार गर्दैछन्। तर, मेस बनाउने बजेट कहाँबाट ल्याउने भनेर सम्बन्धित प्रहरी ईकाइका प्रमुखहरू तनावमा छन्।
“सिनियर अधिकृतले हप्तामा एक दिन जवानको ब्यारेकमा सुत्ने र एकछाक सँगै खाने भन्ने कुरा नौलो होइन”, उपत्यकाको एक प्रहरी वृतको नेतृत्व गरिरहेका अधिकृतले भने, “पहिले पनि अभियान शुरू भएकै हो। तर, अभियान मात्रै थालेर के गर्ने ? बजेट, स्रोतसाधनको पनि व्यवस्था गर्नुपर्‍यो नि।”

कार्यालय सञ्चालन शिर्षकमा आउने बजेट अर्कै शिर्षकमा खर्च गर्नुपर्दा कार्यालयका प्रमुख र लेखाअधिकृत समस्यामा परेका छन्। धेरैजसोले अहिले व्यापारी र स्थानीयबासीसँग आवश्यक सहयोग मागेर पनि मेस निर्माण गर्न थालेका छन्।

डीआईजीको निर्देशनपश्चात अहिलेसम्म महानगरीय प्रहरी वृत जगाती, ठिमी, कालिमाटी, महाराजगञ्ज, बौद्ध र गौशालामा साझा मेसको निर्माण शुरू भइसकेको छ। १२ फागुनमा महानगरीय प्रहरी वृत सातदोबाटोमा पनि डीआईजी पोखरेलले मेस उद्घाटन गरेका छन्।

उनको रूचि बस्नलाई चाहिने ब्यारेक, शौचालयको सुधार जस्ता काममा भन्दा  मेसमा देखिन्छ। उनको यस्तो रूचिको कारण के हो त? “जुनियर ब्याचबाट राजनीतिक पहुँचको आधारमा गत वैशाखमा डीआईजीमा बढुवा हुन पुगेका पोखरेलसा’ब आफूलाई जसरी पनि प्रहरीको भावी नेतृत्वका रूपमा प्रस्तुत गर्न खोजिरहनुभएको छ”, एक वरिष्ठ प्रहरी अधिकृतले भने, “त्यहीकारण आफ्नो पक्षमा माहोल बनाउन प्रचारात्मक शैली अपनाइरहनुभएको छ।”

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आउँदो २५ असार २०७७ मा अनिवार्य अवकाश पाउने छन्। त्यसपछि अहिले डीआईजी रहेका हरिबहादुर पाल, शैलेश थापा क्षेत्री, प्रद्युम्न कार्की, निरजबहादुर शाही नै आईजीपी हुने पालो हो। पोखरेल उनीहरू भन्दा जुनियर ब्याचका हुन्।

तर, उनी अहिले हुने एआईजी बढुवामा यी सबैलाई पछि पारेर एआईजीमा बढुवा हुने र आगामी असारमा प्रहरीको नेतृत्वमा पुग्ने दाउमा छन्। यसअघि उनी सबैलाई चकित पारेर एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए। “उहाँको यस्तो प्रचारको शैलीबाट डीआईजीहरू पनि आजित छन्”, ती अधिकृतले भने।

सुधारको आवश्यकता एकातिर छ। डीआईजी पोखरेलको रूचि भने अर्कैतिर देखिन्छ।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी प्रहरीमा एकै मेस अनिवार्य हुनुपर्छ भन्ने नहुने बताउँछन्। “मेसमा पाक्ने खाने कुरा र त्यहाँको स्तर सबैको राम्रो हुनुपर्छ”, उनले भने, “अन्तर्राष्ट्रिय मिसन र त्यहाँका सुरक्षा निकायमा पनि सबै तहको मेस अलग-अलग नै हुन्छ।”

उनले प्रहरीमा सुधार गर्नुपर्ने विषय धेरै रहेको र तिनलाई संगठनका नीति नियम र कानूनमार्फत् मात्र सुधार गर्न सम्भव हुने बताए।

अर्को उदाहरण हेरौं। महानगरीय प्रहरी कार्यालय प्रमुख भएपछि उनले आफ्नो कार्यालयमातहत खटिने सबै घुमुवा टोली खारेज गरिएको घोषणा गरे।

तर, यो घोषणा चर्चामा आउने अस्त्र मात्र थियो। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सबैतिर आफूनिकट घुमुवाको टोली खटाएका छन्। आफूनजिक रहेका प्रहरी अधिकृत र अन्य प्रहरीको छुट्टै टोली बनाएर उनले घुमुवा परिचालन गरेको प्रहरी अधिकृतहरू नै बताउँछन्।

" /> काठमाडौं। गएको २३ पुसमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट केही सञ्चारमाध्यममा एउटा तस्वीर पठाइयो। तस्वीरमा कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कुनै एक प्रहरी कार्यालयको मेसमा खाना खाइरहेको देखिन्थ्यो। केहीले त्यही तस्वीर राखेर समाचार छापे– ‘डीआईजी पोखरेलले प्रहरी जवान, हवल्दारसँगै खाना खाए।’

"> डीआईजीको ‘चटक’ले प्रहरी अधिकृतहरू नै हैरान: Dekhapadhi
डीआईजीको ‘चटक’ले प्रहरी अधिकृतहरू नै हैरान

प्रतिक्रिया दिनुहोस्