काठमाडौं। रेखा थापा अभिनित चलचित्र ‘निरफूल’ ३० फागुनदेखि प्रदर्शनमा आउँदैछ। महिलाका पीडा, समस्या, सामाजिक बन्धनजस्ता विषय समेटेर निर्माण गरिएको चलचित्र ‘निरफूल’को यतिबेला प्रचारप्रसारको काम भइरहेको छ।
रेखाको हातमा अर्को चलचित्र पनि परेको छ। सविर श्रेष्ठकाे निर्देशनमा बन्न लागेको चलचित्रमा रेखासँगै सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहनेछ। वैशाखबाट छायांकन शुरू हुने चलचित्रकाे नाम सार्वजनिक गरिएकाे छैन। चलचित्र तिहारमा प्रदर्शनमा ल्याइनेछ।
उक्त चलचित्रको गीत भने रेकर्ड गरिएको छ। उक्त गीतमा गायिका स्मिता दाहालको स्वर छ। नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी समेत रहेकी गायिका स्मिताले यसै साता चलचित्रका लागि गीत रेकर्ड गराएकी हुन्। साे गीतमा प्रताप दासले पनि आफ्नो स्वर रेकर्ड गराइसकेका छन्।
पछिल्लो समय स्मिताले गाएका ‘मायालु तिमी कता छौं’ र ‘कल्लाई था छैन’ जस्ता गीतहरू एकदमै मन पराइएका छन्। ‘मायालु तिमी कता छौं’ गीत सुनेर रेखा थापा र वसन्त सापकोटाले स्मितालाई आफ्नो प्रोजेक्टमा आबद्ध गराएका हुन्।
" /> काठमाडौं। रेखा थापा अभिनित चलचित्र ‘निरफूल’ ३० फागुनदेखि प्रदर्शनमा आउँदैछ। महिलाका पीडा, समस्या, सामाजिक बन्धनजस्ता विषय समेटेर निर्माण गरिएको चलचित्र ‘निरफूल’को यतिबेला प्रचारप्रसारको काम भइरहेको छ।रेखाको हातमा अर्को चलचित्र पनि परेको छ। सविर श्रेष्ठकाे निर्देशनमा बन्न लागेको चलचित्रमा रेखासँगै सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहनेछ। वैशाखबाट छायांकन शुरू हुने चलचित्रकाे नाम सार्वजनिक गरिएकाे छैन। चलचित्र तिहारमा प्रदर्शनमा ल्याइनेछ।

">