सिन्धुपाल्चाेक। सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका-५, मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने भएको छ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले बागमती प्रदेश सरकारको आठ करोड ८५ लाख रूपैयाँ अनुदान सहयोगमा निर्माण गर्न लागेको हो। दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त टावरको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको गाउँपालिकाको अध्यक्ष कमल नेपालले बताए।

कूल ४० रोपनी क्षेत्रफलमा निर्माण गरिने सो स्थानमा बाल उद्यान, वनभोजस्थल, सामाजिक लज तथा बगैँचासमेत निर्माण गरिनेछ।

समुद्री सतहबाट २५०० मिटर उचाइमा पर्ने उक्त स्थानबाट नजिकै पर्ने दोलखाको सैलुङ, कालीञ्चोक मन्दिर, गौरी शङ्कर तथा सिन्धुपाल्चोकको जुगल हिम शृङ्खला दार्जे लाक्पालगायत देख्न सकिन्छ। त्यसैगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा तथा काभ्रे जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपाली तेञ्जिङ नोर्गे सन् १९५३ मा त्यही बाटो भएर सगरमाथा आरोहणका लागि गएका थिए। उनीहरू सोही स्थानमा बास बसेको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन्। उक्त हिल स्टेशनको बागमती प्रदेशका पर्यटन, उद्योग वन तथा वातावरणमन्त्री अरुण नेपालले शिलान्यास गरेका थिए। रासस

" /> सिन्धुपाल्चाेक। सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका-५, मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने भएको छ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले बागमती प्रदेश सरकारको आठ करोड ८५ लाख रूपैयाँ अनुदान सहयोगमा निर्माण गर्न लागेको हो। दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त टावरको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको गाउँपालिकाको अध्यक्ष कमल नेपालले बताए।

कूल ४० रोपनी क्षेत्रफलमा निर्माण गरिने सो स्थानमा बाल उद्यान, वनभोजस्थल, सामाजिक लज तथा बगैँचासमेत निर्माण गरिनेछ।

समुद्री सतहबाट २५०० मिटर उचाइमा पर्ने उक्त स्थानबाट नजिकै पर्ने दोलखाको सैलुङ, कालीञ्चोक मन्दिर, गौरी शङ्कर तथा सिन्धुपाल्चोकको जुगल हिम शृङ्खला दार्जे लाक्पालगायत देख्न सकिन्छ। त्यसैगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा तथा काभ्रे जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपाली तेञ्जिङ नोर्गे सन् १९५३ मा त्यही बाटो भएर सगरमाथा आरोहणका लागि गएका थिए। उनीहरू सोही स्थानमा बास बसेको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन्। उक्त हिल स्टेशनको बागमती प्रदेशका पर्यटन, उद्योग वन तथा वातावरणमन्त्री अरुण नेपालले शिलान्यास गरेका थिए। रासस

"> सिन्धुपाल्चाेककाे मुढेमा हिल स्टेशन बन्दै: Dekhapadhi
सिन्धुपाल्चाेककाे मुढेमा हिल स्टेशन बन्दै

प्रतिक्रिया दिनुहोस्