राष्ट्रपतिकाे स्वागतमा स्थानीय तहले दिए सार्वजनिक बिदा
<p>कैलाली। राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा बैतडी र दार्चुलाका केही स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ।</p>
<p>बैतडीको पाटन नगरपालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिकाले भाेलि, १५ फागुनमा सार्वजनिक बिदा दिएको हो।</p>
<p>पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले नगर कार्यपालिकाको बैठकबाट राष्ट्रपति भण्डारीको भ्रमणमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
