‘तिम्रो दिलको’ गीत सार्वजनिक
काठमाडौं। रेडियो नेपालमा प्रशासकीय अधिकृत गणेश उप्रेती अब गीतकारका रूपमा देखा परेका छन्। उनकै शब्दमा रहेको ‘तिम्रो दिलको’ बोलको गीत सार्वजनिक भएको छ।

मेलिना राईको स्वर रहेको गीतमा टीका भण्डारीले संगीत दिएका छन्। फिजा योन्जन लामा र सन्दीप सिग्देलको अभिनय रहेको यो गीतको प्रविन थापाले कोरियोग्राफी गरेका हुन्।

एरिना इन्टरटेन्मेन्टमार्फत् सार्वजनिक भएकाे गीतमा नमराज घिमिरेको छायांकन छ। उक्त गीतको भिडिओलाई शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका हुन्।

उप्रेतीले अहिलेसम्म दर्शन बढीको गीतको शब्द सिर्जना गरिसकेका छन्। गीतको दृश्य निर्माण ह्वाइट मिडियाले गरेको हो।

कस्तो होला तिम्राे दिलको आँगनीमा टेक्दा,
सम्झनाले सताउँछ बिर्सिनेलाई देख्दा।

बोलको गीत कामको सिलसिलामा अर्को ठाउँ जान लागेका प्रेमीले कतै आफूलाई बिर्सिने त होइन भन्ने तर्फ केन्द्रित छ।

प्रतिक्रिया दिनुहोस्