दिल्लीमा दंगाः मृतकको संख्या २० पुग्यो, सेना परिचालन गर्न केन्द्रीय सरकारसँग केजरीवालको अनुरोध
नयाँ दिल्लीः ११ फागुन साँझबाट दिल्लीको उत्तरपूर्वी क्षेत्रबाट शुरु भएको दंगा बढ्ने क्रममा छ। यो क्षेत्रमा लगातार आगजनी, ढुंगामुढा र गोली चलेको समाचार आइरहेको छ।

‘इन्डियन एक्सप्रेस’ का अनुसार यो दंगाका कारण ज्यान गुमाउनेको संख्या २० पुगिसकेको छ। कम्तिमा २५० जना घाइते भएका छन्।

दिल्ली प्रहरीले स्थिति नियन्त्रणमा लिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको जनाए पनि स्थिति अशान्त नै छ।

हिंसा अधिक भएको क्षेत्रमा भारतको ‘दण्ड प्रक्रिया संहिता’को धारा–१४४ लागू गरिएको छ। यो धारा अनुसार ती क्षेत्रमा एकै स्थानमा चार वा त्योभन्दा बढी व्यक्ति जम्मा हुन पाउँदैनन्। यो धारा अनुसार मानिसहरुले हातहतियार बोक्न पाउँदैनन् भने इन्टरनेटमा समेत प्रतिबन्ध लगाइन सक्छ। खासगरी दिल्लीका मौजपुर, कर्दमपुरी, चांद बाग, दयालपुर क्षेत्रमा बढी ध्यान दिइएको छ।

यसअघि १३ फागुन बिहानै दिल्लीको उच्च अदालतले दिल्ली प्रहरी आयुक्तलाई सूचना जारी गर्दै दिउँसो साढे १२ बजेसम्म हिंसा भड्काउनेविरुद्ध कारवाही गरिएकोबारे जानकारी दिन आदेश थियो।

न्यायाधीशद्वय एस. मुरलीधर र तलवंत सिंहको इजलासले स्थिति नियन्त्रणका लागि प्रहरीले अदालतको आदेश प्रतीक्षा गर्न नपर्ने बरु स्थिति नियन्त्रण गर्न तत्पर हुनुपर्ने आदेश गरेको थियो।

भारतीय जनता पार्टीका तीन नेताहरु अनुराग ठाकुर, परवेश साबिह सिंह र कपिल मिश्राविरुद्ध परेको नागरिकता कानूनका विरोधीविरुद्ध भड्काउने भाषण गरेकोबारे उच्च अदालतले सुनुवाई गर्ने क्रममा उक्त आदेश गरिएको हो।

कपिल मिश्राले नागरिकता कानूनका विरोधी प्रदर्शनकारीको विरुद्धमा भाषण दिएको २४ घण्टाभित्रै दंगा शुरु भएको थियो।

यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सेना परिचालन गरेर कफ्र्यू लगाउन केन्द्रीय सरकारसँग माग गरेका छन्।

‘म रातभर धेरै व्यक्तिको सम्पर्कमा रहेको छु। पुरै कोशिस गर्दा पनि प्रहरीले स्थिति सम्हाल्न सकिरहेको छैन। सेना परिचालन गरिनुपर्छ र प्रभावित क्षेत्रमा कफ्र्यु लगाउनुपर्छ। यसबारे म गृहमन्त्रीलाई पत्र लेख्दैछु’, केजरीवालले ट्वीट गरेका छन्।

१३ फागुनमा केजरीवालले शान्ति कायम गर्न सबैसँग आह्वान गरेका थिए। उनले स्थिति ‘दुर्भाग्यपूर्ण’ भएको उल्लेख गर्दै जिल्ला मजिस्ट्रेटसँग प्रहरीसँगै शान्ति यात्रा गर्न अनुरोध गरेका थिए। उनले सबै मन्दिर र मस्जिदसम्बद्ध मानिसहरुलाई स्थिति शान्तिपूर्ण बनाइराख्न अनुरोध पनि गरेका थिए। दिउँसोपक केजरीवालले केन्द्रीय मन्त्री अमित शाहसँग स्थितिबारे छलफल समेत गरेका थिए। - द वायरबाट

प्रतिक्रिया दिनुहोस्