चिनियाँ राष्ट्रपति सी को भारत भ्रमण अघि पाकिस्तानी प्रधानमन्त्री खान चीन जाँदै

काठमाडौं।
चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भारत भ्रमणको ठिक अगाडि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चीनको दुई दिने भ्रमण गर्न लागेका छन्। २०–२१ असोजमा खानले चीनको भ्रमण गर्न लागेका हुन्।

चिनियाँ उच्च पदस्थ नेतासँगको भेटघाट र रोकिएको चीन–पाकिस्तान कोरिडोर (सीपेक) निर्माणको कार्य शुरू गर्नु भ्रमणको मुख्य अजेन्डा भएको प्रधानमन्त्री खानले बताएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

चीनले सीपेक आयोजनामा खबौँ रुपौया लगानी गरेको छ। सन् २०१५ मा शुरु भएको उक्त आयोजना पहिलो चरणको काम सकिने चरणमा छ। तर, पाकिस्तानको प्रधानमन्त्रीमा गत वर्ष खान निर्वाचित भएसँगै सीपेक आयोजनाको अर्को चरणको काम आशातित रूपमा अघि बढ्न सकेको छैन ।

चिनियाँ राष्ट्रपतिको आसन्न भारत भ्रमणअघि पाकिस्तानी प्रधानमन्त्री खान चीन भ्रमणमा जाँदा भारतीय सञ्चार माध्यमले पनि भ्रमणबारे चासो देखाएका छन्। चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच भारतमा अनौपचारिक छलफल हुँदै छ । सन् २०१८ मा चीनको वुहानमा भएको अनौपचारिक सम्मेलनको दोस्रो श्रृखलाको रूपमा सी–मोदी भेट हुन लागेको हो।

पाकिस्तानी प्रधानमन्त्रीको चीन भ्रमण लगत्तै चिनियाँ राष्ट्रपतिको भारत भ्रमण हुने भएकाले पनि खानको चीन भ्रमणलाई चासोका साथ हेरिएको छ। चिनियाँ राष्ट्रपति सीले भारतसँगै नेपालको पनि भ्रमण गर्ने तालिका रहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्