काठमाडौं। खिमलाल देवकोटा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले १० फागुनमा गठन गरेको संविधान संशोधन कार्यदलका सदस्य हुन्।
राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा गठित कार्यदलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र देवकोटा सदस्य छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेका डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल २० फागुनमा सकिँदैछ। त्यसपछि रिक्त रहने पदमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मनोनयन गर्ने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेद्वार बन्न पाउने गरी नेकपाले संविधान संशोधनको तयारी गरेको हो।
२०७४ को आमचुनावमा बर्दिया-१ बाट पराजित नेता गौतमले आफू प्रधानमन्त्री बन्न पाउने भएपछि मात्रै राष्ट्रिय सभा सदस्य बन्ने अडान रााखिरहेकाले उनकै लागि संविधान संशोधन गर्न लागिएको अनुमान छ। त्यसैले चुनावमा पराजित व्यक्तिलाई प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधन गर्न लागिएको भन्दै नेकपा सचिवालयको निर्णयको सार्वजनिकरूपमा आलोचना भइरहेको छ।
यही कार्यदलका सदस्य रहेका नेकपा केन्द्रीय सदस्य खिमलाल देवकोटाले ‘कोही व्यक्तिलाई प्रधानमन्त्री बनाउन मात्र संविधान संशोधन कार्यदल आवश्यक नरहेको’ बताएका छन्।
“एकजना व्यक्तिलाई प्रधानमन्त्री बनाउन पार्टीले संविधान संशोधन गर्न चाह्यो भने किन चाहियो कार्यदल ? किन गर्नुपर्यो अध्ययन ?”
आज देखापढीसँग कुराकानी गर्दै कार्यदल सदस्य देवकोटाले भने, “एकजना व्यक्तिलाई प्रधानमन्त्री बनाउन कार्यदल नै चाहिंदैन। त्यसमा पनि म जस्तो मान्छे त चाहिंदै चाहिंदैन। त्यसो गर्न सचिवालयले प्रस्ताव गरेर, क्याबिनेटले तयार पारेर पास गरे भइहाल्छ। विषय व्यापक भएकाले वरिष्ठ नेताको नेतृत्वमा सुवास नेम्वाङ र मलाई राखेर कार्यदल बनाइयो होला भन्ने मैले अपेक्षा गरेको छु।”
कानून व्यवसायीसमेत रहेका नेता देवकोटाले ‘कुनै व्यक्तिलाई पद दिन मात्रै संविधान संशोधन नै जरुरी नपर्ने’ बताए। भने, “एकजना व्यक्तिलाई प्रधानमन्त्री बनाउन पार्टीले संविधान संशोधन गर्न चाह्यो भने किन चाहियो कार्यदल ? किन गर्नुपर्यो अध्ययन ?”
पार्टीका तर्फबाट अहिलेसम्म कुनै औपचारिक जानकारी नआएको उनले बताए। “अहिले संविधान संशोधनको आवश्यकता र औचित्य पुष्टि हुने गरी संशोधन गर्नुपर्ने विषय के–के देखिन्छ अध्ययन गरी प्रतिवेदन दिनू भन्ने टीओआरसहित औपचारिक पत्र आउँछ भने पार्टीका लागि काम गर्न तयार छौं”, उनले भने।
कार्यदल सदस्यका रूपमा काम गर्न के काम, कुन प्रक्रियाद्वारा र कति समयमा गर्ने भन्ने स्पष्ट हुनुपर्ने उनले बताए। “यो संविधानमा कहाँ–कहाँ समस्या छन्, ती समाधान गर्न के–के संशोधन गर्नुपर्छ भन्नेबारे पार्टीले बुझ्न चाहेको छ भने हामीले अध्ययन गरेर दिन्छौं”, उनले भने, “संशोधनले समाधान दिन्छ भने गर्नुपर्छ। समस्या बल्झाउँछ भने त्यो बाटो रोज्नु हुँदैन।”
१२ फागुन बिहान कार्यदल संयोजक माधव नेपालको कोटेश्वरस्थित निवासमा सदस्यद्वय नेम्वाङ र देवकोटाले अनौपचारिक छलफल गरेका थिए। उक्त छलफलमा के विषय उठ्यो ? भन्ने देखापढीको प्रश्नमा नेता देवकोटाले भने- “सत्तारुढ पार्टी र संसदको ठूलो दल हुनुका नाताले जनताप्रति पार्टीको ठूलो दायित्व छ। त्यसैले संशोधन गर्दा त्यसको औचित्य, आवश्यकता र जनताको अभिमत सबैलाई विचार गर्नुपर्छ भनेर हामीले वरिष्ठ नेतालाई भनेका छौं।”
" /> काठमाडौं। खिमलाल देवकोटा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले १० फागुनमा गठन गरेको संविधान संशोधन कार्यदलका सदस्य हुन्।राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा गठित कार्यदलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र देवकोटा सदस्य छन्।

">