लाइभ कार्यक्रममा आधारित यस भिडिओले गायक अमृत गुरुङको दर्शकहरुसँग संवाद गर्ने मौलिक शैलीलाई पनि समेटेको छ ।

“प्रत्यक्ष कार्यक्रम हेर्दाको अनुभूति मिलोस् भनेर सक्दो प्रयास गरेका छौं,” नेपथ्यलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् ।

हिजोआज सांगीतिक एल्बमको प्रचलनले अर्थ गुमाउँदै गएको अवस्थामा नेपालयले यसका प्रत्येक सिर्जनाहरु आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ हरुका माध्यमबाट सार्वजनिक गर्दै आएको छ ।

त्यसबाहेक ब्याण्ड र उसका श्रोताहरुलाई नजिक्याउन युट्युब पनि एक प्रभावकारी माध्यम बन्दै गएको छ।

"> नेपथ्यको ‘लाम्पाते सुरती’ को लाईभ भिडिओ सार्वजनिक: Dekhapadhi
नेपथ्यको ‘लाम्पाते सुरती’ को लाईभ भिडिओ सार्वजनिक
काठमाडौं। लोक रक ब्याण्ड नेपथ्यको चर्चित गीत ‘लाम्पाते सुरती’ को भिडिओ युट्युबमा आएको छ।

स्थापन कालमा ‘पप संगीत’ बाट सुरु भएको ब्याण्ड नेपथ्यलाई नयाँ पहिचानसहित ‘लोक रक ब्याण्ड’ मा रुपान्तरण गरेको एल्बम ‘रेशम’ मै समेटिएको यो गीतमा पोखरेली सर्जक सरुभक्तका शब्दहरु अटाएका छन्।

‘आज भोली के भयो के भयो
कसले कसले स्वाट्ट यो मन छोयो
खान्न म त लाम्पाते सुरति
लाउँ कि नलाउँ जुग जाने पिरती’

रेशम एल्बमको शीर्ष गीत ‘रेशम’ सर्वाधिक चर्चामा आएता पनि धेरै श्रोताहरु ‘लाम्पाते सुरति’ लाई अब्बल ठहर गर्छन्।

“नेपथ्यको पाँचवटा सर्वोत्कृष्ठ गीतको सूची तयार पार्नुपरेमा म एकदेखि पाँच सम्मै ‘लाम्पाते सुरति’ लाई राख्छु, त्यसपछि छैठौं सूचीतिर मात्रै नेपथ्यका अरु गीतको गणना सुरु हुन्छ,” लेखक कुमार नगरकोटी भन्छन्।

यो गीतलाई पोखराका गन्धर्वहरुले भाका हालेर बेग्लै पाराले गाउँदै आएको हुनाले आफूले केटाकेटीमै सुनेको गायक अमृत गुरुङ बताउँछन् । “त्यसै भाकालाई माटोपानीको जग्गु भनिने इश्वर गुरुङ दाइले गितारको धुनमा मिसाएर असाध्यै मिठोसँग सुनाएका थिए,” अमृतले सम्झे ।

अमृतका अनुसार त्यतिबेला गीतको शब्द थियो–

‘घर त मेरो पातीले बारेको
रक्सी मिठो ङोल्स्योले पारेको
खान्न म त लाम्पाते सुरति
लाउँ कि नलाउँ जुग जाने पिरती’

धुन मिठो भइकन पनि गीतको शब्द उति मन नपरेपछि त्यसैलाई लिएर पोखराकै लेखक सरुभक्तसँग गएर यस गीतको सुन्दर रुपान्तरण हुन पुगेको अमृत सुनाउँछन्।

“दाइले नयाँ शब्द तयार पारेपछि यो गीतै झलमल्ल बलेजस्तो भयो,” अमृत भन्छन् । त्यसको लगत्तै रेशम एल्बमको तयारी गर्दै गीतको रेकर्डिङ सुरु गरेको उनले बताए।

‘रेशम’ एल्बमको शिर्ष गीतको भिडियो सार्वजनिक भएसँगै लोकप्रियता हासिल गरेको थियो । एल्बमको अर्को चर्चित ‘लाम्पाते सुरती; भने भने दुइ दशकपछि श्रब्यदृश्यमा आएको छ ।

संसारभर ब्याण्डहरुले आफ्ना चलेका गीतहरुलाई ‘लाइभ रेकर्ड’ गरेर श्रब्यदृश्य संस्करण पुनः सार्वजनिक गर्ने प्रचलन अनुसार यसलाई पनि तयार पारिएको हो । गत वर्ष नेपथ्यले ‘नेपाल टुर’ गर्दाको संग्रहबाट यो भिडिओ तयार पारिएको हो ।

लाइभ कार्यक्रममा आधारित यस भिडिओले गायक अमृत गुरुङको दर्शकहरुसँग संवाद गर्ने मौलिक शैलीलाई पनि समेटेको छ ।

“प्रत्यक्ष कार्यक्रम हेर्दाको अनुभूति मिलोस् भनेर सक्दो प्रयास गरेका छौं,” नेपथ्यलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् ।

हिजोआज सांगीतिक एल्बमको प्रचलनले अर्थ गुमाउँदै गएको अवस्थामा नेपालयले यसका प्रत्येक सिर्जनाहरु आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ हरुका माध्यमबाट सार्वजनिक गर्दै आएको छ ।

त्यसबाहेक ब्याण्ड र उसका श्रोताहरुलाई नजिक्याउन युट्युब पनि एक प्रभावकारी माध्यम बन्दै गएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्