धनगढी। विक्रमसिंह ठकुरीको दुई गोलप्रेरित आयोजक सुदूरपश्चिम-११ धनगढीमा जारी सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।
आज धनगढी रंगशालामा सम्पन्न पहिलो क्वार्टरफाइनलमा सुदूरपश्चिम-११ ले पाहुना टोली भारतको कञ्चनजंघा एफसीलाई ४-२ ले हराउँदै अन्तिम चारको यात्रा पक्का गरेको हो।
विक्रमसिंहले दशौं मिनेटमा घरेलु टीमलाई अग्रता दिएका थिए। विक्रमसिंहले उद्वव खत्रीको पासमा गोल गरेका हुन्। त्यसको ९ मिनेट बित्न नपाउँदै सुदूरपश्चिम-११ ले अग्रता दोब्बर बनायो। कञ्चनजंघाका गोलकिपर निगम सिंहले गरेको गम्भीर गल्तीको फाइदा उठाउँदै फिलिप तामाङले गोल गरेका थिए।
कञ्चनजंघाका गोलकिपर निगम धेरै अगाडि बढेर बल नियन्त्रणमा लिने प्रयास गरेका थिए। तर, बल नियन्त्रणमा लिने उनको प्रयास सफल भएन। त्यसको फाइदा फिलिपले उठाए। २३औं मिनेटमा विक्रमसिंहले अर्को गोल थपे। कञ्चनजंघाका रक्षकबीच तालमेल नहुँदाको फाइदा लिँदै विक्रमसिंहले गोल गरेका हुन्।
शुरूमै तीन गोलले पछि परेको कञ्चनजंघाले लगातार दुई गोल फर्काउँदै पुनरागमनको संकेत गरेको थियो। ३०औं मिनेट अभिषेक दोर्जेले पेनाल्टीमा गोल गरे। सुदूरपश्चिम–११ का रक्षक धनबहादुर थापाले अमीर लामालाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि कञ्चनजंघाले पेनाल्टी अवसर पाएको हो।
३९औं मिनेटमा वैकल्पिक खेलाडी छिरिङ तामाङले गोल गरेपछि कञ्चनजंघाले पुनरागमनको संकेत गरेको थियो। तर, दोस्रो हाफमा थप एक गोल खाएपछि प्रतियोगितामा कञ्चनजंघाको यात्रा समाप्त भएको छ। ४६औं मिनेटमा दीपेश श्रेष्ठले गोल गर्दै सुदूरपश्चिमको जित पक्का गरेका हुन्।
भाेलि, १४ फागुनमा हुने दोस्रो क्वार्टरफाइनल थ्री स्टार र नव जागृति क्लब प्रतिस्पर्धा गर्नेछन्। २० फागुनसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका १२ क्लबको प्रतिस्पर्धा गरेका छन्।
" /> धनगढी। विक्रमसिंह ठकुरीको दुई गोलप्रेरित आयोजक सुदूरपश्चिम-११ धनगढीमा जारी सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।आज धनगढी रंगशालामा सम्पन्न पहिलो क्वार्टरफाइनलमा सुदूरपश्चिम-११ ले पाहुना टोली भारतको कञ्चनजंघा एफसीलाई ४-२ ले हराउँदै अन्तिम चारको यात्रा पक्का गरेको हो।

">