राजश्व छलीको २३३ ग्राम सुनसहित सिरहामा दुईजना पक्राउ

सिरहा। सिरहा प्रहरीले राजश्‍व छलीको २३३ ग्राम (१९ तोला ९७ लाल) सुनसहित दुईजनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा लहान नगरपालिका-१९ का २४ वर्षीय मोहम मोतिबुल रहमान र २१ वर्षीय मोहमद मुर्तुजा रहेका छन्।

सादा पोसाकमा खटिएका प्रहरी टोलीले लहान नगरपालिका-१९, छर्रापट्टि चोकबाट उनीहरूलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

उनका अनुसार रहमान र मुर्तुजा को ३८ प २६३२ नम्बरको मोटरसाइकलमा सुन लिएर लहान बजारतर्फ गइरहेका थिए।

चारवटा चेप्टो टुक्रा बनाएर लुकाई राखेको अवस्थामा सुन बरामद् भएको प्रहरीले जनाएको छ। बरामद् गरिएको सुनको बजार मूल्यअनुसार १५ लाख ५८ हजार रूपैयाँ रहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए।

राजश्व छलीका सुन र पक्राउ गरिएको मोटरसाइकल गरी १६ लाख आठ हजार ७९ रूपैयाँ मूल्य कायम गरेर थप कारबाहीका लागि ठाँढी भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्