‘बी’ डिभिजन लिगः आरसीटी र झम्सीखेलले अंक बाँडे

काठमाडौं। इन्जुरी समयमा सम्हालिन नसक्दा रानीपोखरी कर्नर टीम (आरसीटी)ले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सीखेल युथ क्लबसँग १-१ को बराबरी खेलेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालको मैदानमा आरसीटीले २८औं मिनेटमा अग्रता लिएको थियो। विकेश सुब्बाको पासमा अमर डंगोलले गोल गरेका हुन्। तर, अन्तिममा सम्हालिन नसक्दा आरसीटीले तीन अंक जोगाउन सकेन।

दोस्रो हाफमा सात मिनेट समय थप गरिएको थियो। ९१औं मिनेटमा अनिश चौधरीले बराबरी गोल फर्काए। उनले संजय रम्तेलको कर्नरलाई अनिशले पोष्टको दिशा दिएका हुन्।

आजै सम्पन्न पहिलो खेलमा प्रवेश बस्नेतको दुई गोलमा सातदोबाटो युथ क्लबले नयाँ वस्ती युवा क्लबलाई २-० ले पराजित गरेको छ।

सातदोबाटो युथले ५९औं मिनेटमा प्रवेशको गोलबाट अग्रता लिएको थियो। प्रवेशले खेल सकिन आठ मिनेट बाँकी छँदा वीरेन्द्र लिम्बुको पासमा अर्को गोल थप्दै सातदोबाटोको तीन अंक पक्का गरेका थिए।

प्रतिक्रिया दिनुहोस्