फेस अफ नेपालको उपाधि स्मृति र विवेकलाई

काठमाडौं । एशियन मोडल फेस्टिभल फेस अफ नेपाल २०२० को उपाधि पुरुषतर्फ विवेक खड्का र महिलातर्फ स्मृति नेपालले जितेका छन्।

दक्षिण कोरियाको फ्रेन्चाइज सौन्दर्य प्रतियोगिताको रूपमा आयोजना भएको यो प्रतियोगितामा नफिसा श्रेष्ठ सेकेन्ड विनर भइन् ।

विजेता भएकाहरूले १३ मेमा दक्षिण कोरियामा आयोजना हुने एशिया मोडल फेस्टिभलमा सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगितामा स्मृति नेपालले मस्ट पपुलर, नफिसा श्रेष्ठले मस्ट फोटोजेनिक, मिलियुक्ता क्षेत्रीले बेस्ट वाक, सिम्रन शाक्यले बेस्ट पर्सनालिटी र कुन्साङ वोम्जनले बेस्ट स्टाइलिस्टको उपाधि हात पारे।

नेपाली मोडलहरूलाई अन्तर्राष्ट्रिय पहिचान र प्लेटफर्म दिने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजक फेसन अफ नेपालले जनाएको छ ।

एशिया मोडल फेस्टिभलअन्तर्गत आयोजना हुने प्रतियोगिताकाे उद्देश्य एशियाली मुलुकका प्रतिभाशाली मोडल चयन गरी उनीहरूको व्यावसायिक आधारलाई झन प्रभावकारी र सशक्त बनाउने रहेको आयोजककाे भनाइ छ। हरेक वर्ष एशिया मोडल फेस्टिभल आयोजना हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्