मनाङ। एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसूरमा पक्राउ परेकी छन्।
उनले सो वित्तीय संस्थाबाट ६० लाख ७० हजार रूपैयाँ अनियमितता गरेको देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको साे लघुवित्तकाे चामे गाउँपालिकास्थित कार्यालयमा गुरूङ दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिइन्।
सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरीसमेत परेको जनाइएको छ। गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाई कर्जा निकालेको आराेप लगाइएकाे छ। रासस
" /> मनाङ। एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसूरमा पक्राउ परेकी छन्।उनले सो वित्तीय संस्थाबाट ६० लाख ७० हजार रूपैयाँ अनियमितता गरेको देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

">