दीक्षित भए ६३ सैनिक अधिकृत विद्यार्थी
काठमाडौं। नेपाली सेनाको ‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ शिवपुरीबाट स्नातकोत्तर उत्तीर्ण गरेका ६३ जना सैनिक अधिकृत विद्यार्थी दीक्षित भएका छन्।

दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रध्यापक डा. धर्मकान्त बास्कोटाले २१औं शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न दीक्षित विद्यार्थीहरू सफल हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले दीक्षित विद्यार्थीहरू विश्वले चाहेको आधुनिक सैनिक जनशक्ति बन्न सफल भएको बताए।

कलेजको २६औं ब्याचका सैनिक अधिकृत विद्यार्थीहरूलाई आज दीक्षित गरिएको हो।

६३ दीक्षित विद्यार्थीमध्ये ५० जना नेपाली सेनाबाट, एकजना राष्ट्रिय अनुसन्धान विभाग, एकजना सशस्त्र प्रहरी, एकजना नेपाल प्रहरी र १० जना विभिन्न १० मुलुकका सुरक्षा निकायबाट रहेका छन्।

विदेशी विद्यार्थीहरू बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाका हुन्।

२०४९ मा स्थापना भएको यो कलेजबाट अहिलेसम्म एक हजार ५३ जना दीक्षित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्