काठमाडौं। नायीम हसन र तैजुल इस्लामले एकआपसमा नौ विकेट बाँडेपछि बंगलादेशले जिम्बाबेविरुद्धको टेष्ट क्रिकेट एक इनिङ र १०६ रनले जितेको छ।
जिम्बाबेले ९–२ को स्थितिबाट चौंथो दिन थालेको थियो। केभिन कासुजा आठ र ब्रेन्डन टेलर एक रनको स्थितिमा थिए। टेलरले १७ बनाए भने कासुजा दश रन बनाएर पवेलियन फर्किए।
बंगलादेशका नायीमले ८२ रन दिएर पाँच विकेट तथा तैजुलले ७८ रन दिएर चार विकेट लिएपछि जिम्बाबेका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।
जिम्बाबेका कप्तान क्रायग इर्भिनले ४३, टिमेसेन मरूमाले ४१, सिकन्दर राजाले ३७ रन बनाए। त्यस्तै, रेगिस चकम्बाले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बंगलादेशले हिजो, १२ फागुनमा ६ विकेट गुमाएर ५६० रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। बंगलादेशका मुशफिकर रहिम २०३ रनमा अविजित रहे। मोमिनुल अकले १३२, नाजमुल होसैन शान्तोले ७१ तथा लिटोन दासले ५३ रन बनाएका थिए। त्यस्तै तमिम इकवालले ४१ रन बनाए।
नायीमले पहिलो इनिङमा पनि चार विकेट लिएका थिए। पहिलो इनिङमा नायीम र अबु जायदले समान चार तथा तैजुलले दुई विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको जिम्बाबेले २६५ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
बंगलादेश भ्रमणमा जिम्बाबेले अब तीन एकदिवसीय अन्तर्राष्ट्रिय र दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ।
" /> काठमाडौं। नायीम हसन र तैजुल इस्लामले एकआपसमा नौ विकेट बाँडेपछि बंगलादेशले जिम्बाबेविरुद्धको टेष्ट क्रिकेट एक इनिङ र १०६ रनले जितेको छ।जिम्बाबेले ९–२ को स्थितिबाट चौंथो दिन थालेको थियो। केभिन कासुजा आठ र ब्रेन्डन टेलर एक रनको स्थितिमा थिए। टेलरले १७ बनाए भने कासुजा दश रन बनाएर पवेलियन फर्किए।

">