कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

दैलेख। कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा नजिक कर्णाली नदीमा जीप खसेको छ।

रासकोटबाट जितेगडा यात्रु लिएर छुटेको लु१ज ४१४१ नम्बरको जीप फर्किने क्रममा आज बिहान कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख, श्यामबाबु ओलियाले बताए।

दुर्घटनामा जीप चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको छ।

जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले बताएको छ। रासस

प्रतिक्रिया दिनुहोस्