काठमाडौं। मिस नेपाल २०२० को आवेदन खुल्ला गरिएको छ। मिस नेपालको आवेदन २७ मार्चसम्म भर्न सकिने आयोजक हिडन ट्रेजरले जनाएको छ। आवेदन फारम मिस नेपालको वेबसाइटमा गएर निशुल्क भर्न पनि सकिने छ।
हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकारका अनुसार १५ मे २०२० मा नयाँ मिस नेपाल घोषणा गरिनेछ। यो वर्षदेखि विजेताको पुरस्कार राशी पनि बढाइएको छ। विजेताले पुरस्कारको रुपमा २ लाख ५० हजार रुपैयाँ र त्रैमासिक भत्ता पाउने निर्देशक राजकर्णिकारले बताए।
मिस नेपालको अडिसन देशका विभिन्न ९ शहरमा हुनेछन्। अडिसन धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान, विर्तामोड र काठमाडौंमा हुनेछ।
मिस नेपालमा सहभागी हुन १९ देखि २६ वर्षबीचको अविवाहित युवती हुनुपर्नेछ। त्यस्तै ५ फुट ४ इन्च उचाइ भएको, नेपाली नागरिकता वा नेपाली पासपोर्ट हुनेले मात्र मिस नेपालका लागि आवेदन दिन पाउनेछन्।
यस वर्ष मिस नेपालमा ४ वटा मात्रै विधा समावेश हुनेछ। मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल सुपर नेशनल। यो वर्ष मिस युनिभर्स हटाइएको छ। वर्ल्ड मिस युनिभर्स संस्थाले यो वर्ष नविकरण नगरिदिँदा यो विधा हटाइएको निर्देशक राजकर्णिकारले बताए।
कुनै कारण नदेखाई सिधै रिन्यु नगर्ने जानकारीसहितको इमेल आएको भन्दै अब अर्को वर्ष पुनः अनुमति दिनेमा आशावादी रहेको बताए। पछिल्ला दुई वर्षका मिस नेपाल वितेजा सुन्दरीहरूले मिस वर्ल्डमा राम्रो प्रभाव पारेका थिए।
सन् २०१८ कि मिस नेपाल श्रृंखला खतिवडा र २०१९ कि मिस नेपाल अनुष्का श्रेष्ठ मिस वर्ल्डमा टप १२ मा पर्न सफल भएका थिए।