भारत बस दुर्घटनामा मृत्यु भएका तीर्थयात्रीको शोकमा इटहरी उपमहानगर विदा

इटहरी। तीर्थयात्रामा गएका बेला भारतमा भएको दुर्घटनामा मृत्यु भएका इटहरी निवासी ६ जनाको शोकमा आज इटहरी उपमहानगरपालिकामा सार्वजनिक विदा दिइएको छ।

इटहरी क्षेत्रका कार्यालय, ससंघसंस्था, शिक्षण संस्था आज एक दिनको लागि शोक विदा गर्ने निर्णय भएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्।

२३ माघमा ३५ दिनको यात्रामा निस्किएका नेपालीहरू ७ फागुन राति बैंलुरुमा दुर्घटनामा परेका थिए।

दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका-१० का ६ जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा ६४ वर्षका गोपाल तामाङ, ५६ वर्षका टीकाराम चौधरी, ७० वर्षका रसिलाल चौधरी, ६९ वर्षीय वीरबहादुर राई, ६५ वर्षीया फूलसरी चौधरी र बधुनीदेवी चौधरी छन्।

उनीहरूको शव हिजो, १२ फागुन साँझ काँकडभिट्टा नाका हुँदै इटहरी ल्याएर सामुहिक दाहसंस्कार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्