पूर्वउपमेयरको निधनको शोकमा आज धरान उपमहानगर विदा

धरान। पूर्वउपमेयर कृष्णनारायण पलिखेको निधनको शोकमा धरान उपमहानरपालिकामा आज विदा दिइएको छ।

उपमहानगरपालिकाले कार्यपालिकाका कार्यालय, मातहतका कार्यलय, विद्यालयहरुमा शोक विदा दिने निर्णय गरेको हो।

त्यस्तै, नगर भित्र रहेका कलेजहरुलाई पनि विदा दिन आग्रह गरिएको छ।

मिर्गौला रोग र अल्सरबाट पीडित पलिखेको उपचारको क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो।

पलिखे २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट तत्कालिन धरान नगरपालिकाको उपमेयरमा विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्