काठमाडौं। बेसहारा, अभिभावकविहीन, सडक आश्रित मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिकाले २९ मंसीरबाट शुरू गरेको अभियानअन्तर्गत ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार गरिएकामध्ये ६९६ लाई काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट र ५३ जनालाई अन्य नगरबाट उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये काठमाडौं महानगरपालिका क्षेत्रका ७३ जना छन्।
४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
अधिकारीले भने, “सत्तरीको स्क्रिनिङ हुन बाँकी छ, ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने सातजनाको मृत्यु भएको छ।”
सडक पेटीमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानवअधिकारका पक्षमा काम गर्ने संघसंस्थासँग बसेर थप कार्यक्रम ल्याइने काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए। रासस
" /> काठमाडौं। बेसहारा, अभिभावकविहीन, सडक आश्रित मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ।काठमाडौं महानगरपालिकाले २९ मंसीरबाट शुरू गरेको अभियानअन्तर्गत ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ।

">