काठमाडौं। मुशफिकर रहिमले दोहोरो शतक तथा मोमिनुल हकले शतक बनाएपछि जिम्बाब्वेविरुद्ध टेष्ट क्रिकेटमा बंगलादेश बलियो स्थितिमा पुगेको छ।
बंगलादेशले ५६० रन बनाएर पहिलो इनिङ समाप्तीको घोषणा गरेपछि तेस्रो दिन सकिँदा जिम्बाब्वे २८६ रनले पछि परेको छ।
तेस्रो दिनको समाप्तीमा जिम्बाब्वे ९–२ को स्थितिमा छ। जिम्बाब्वेले पहिलो इनिङमा २६५ रन बनाएको थियो।
बंगलादेशले २४०–३ को स्थितिबाट तेस्रो दिनको थालनी गरेका थिए। मोमिनुल ७९ तथा मुशफिकर ३२ रनको स्थितिमा थिए। मोमिनुलले १४ चौकासहित १३२ रन बनाए।

मोमिनुलले मुशफिकरसँग चौथो विकेटका लागि २२२ रनको साझेदारी गरे। मुशफिकर भने २०३ रनमा अविजित रहे। मुशफिकरले लिटोन दाससँग छैटौं विकेटका लागि १११ रनको साझेदारी गरे।
लिटोन दासले ५३ तथा मोहम्मद मिथुनले १७ रन जोडे। तैजुल इस्लाम १४ रनमा अविजित रहे। बंगलादेशले २९५ रनको अग्रता लिएर इनिङ समाप्तीको घोषणा गरेपछि दोस्रो इनिङ थालेको जिम्बाब्वेले दुई विकेट गुमाइसकेको छ।
ओपनर प्रिन्स मासाबाउरे र डोनाल्ड ट्रिपानो रनको खाता नखोली पवेलियन फर्किए। दुबैलाई नायीम हसनले आउट गरेका थिए। केभिन कासुजा आठ तथा ब्रेन्डन टेलर एक रन बनाएर क्रिजमा छन्।
" /> काठमाडौं। मुशफिकर रहिमले दोहोरो शतक तथा मोमिनुल हकले शतक बनाएपछि जिम्बाब्वेविरुद्ध टेष्ट क्रिकेटमा बंगलादेश बलियो स्थितिमा पुगेको छ।बंगलादेशले ५६० रन बनाएर पहिलो इनिङ समाप्तीको घोषणा गरेपछि तेस्रो दिन सकिँदा जिम्बाब्वे २८६ रनले पछि परेको छ।

">