काठमाडाैं। लामो समयदेखि भक्तपुरमा रहेर काम गर्दै आएका प्रहरी नायव निरीक्षक रत्नबहादुर थापा टिकटकका कारण कारबाहीमा परेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज सम्हालेका सई थापा प्रहरी पोशाकमै श्रीमती दिलु मगरसँग बसेर टिकटक बनाएपछि कारबाहीमा परेका हुन्।
प्रहरी पोशाकका रत्नसँगै श्रीमती दिलुले बनाएको एउटा टिकटक र रत्नको प्रहरी पोशाक श्रीमतीले लाएर हातमा पेस्तोल समातेर खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले थापालाई रानीपोखरी तानेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले सई थापा रानीपोखरीले तानिएपछि उनले इञ्चार्ज सम्हाल्दै आएको चाँगुनारायण नगरपालिकास्थित प्रहरी प्रभाग सुडालमा आजै सई राजु प्रसाईंलाई पठाएको जानकारी दिए। रासस
" /> काठमाडाैं। लामो समयदेखि भक्तपुरमा रहेर काम गर्दै आएका प्रहरी नायव निरीक्षक रत्नबहादुर थापा टिकटकका कारण कारबाहीमा परेका छन्।महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज सम्हालेका सई थापा प्रहरी पोशाकमै श्रीमती दिलु मगरसँग बसेर टिकटक बनाएपछि कारबाहीमा परेका हुन्।

">