काठमाडौं। महेश राईको गोलमा खुमलटार युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एशाेसिएसनलाई १-० ले पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा खुमलटारलाई जिताउन महेशले ५७औं मिनेटमा गरेको गोल पर्याप्त बन्यो। जितसँगै खुमलटारले तीन अंक पक्का गरेको थियो।
आजै सम्पन्न पहिलो खेलमा एलोन राई र प्रकाश भुजेलको गोलमा टुसाल युथ क्लबले पुल्चोक स्पोर्टस् क्लबलाई २-० ले पराजित गरेको छ।
एन्फा मुख्यालयमै सम्पन्न खेलमा एलोन राईले १३औं मिनेटमा गरेको गोलमा टुसालले अग्रता लिएको थियो। खेल सकिन १० मिनेट बाँकी रहँदा कप्तान प्रकाश भुजेलले अर्को गोल थपेपछि टुसालको तीन अंक पक्का भएको छ।
११ फागुनमा ब्वाइज युनियनले श्रीकुमारी क्लबलाई २-० तथा बाँसबारीले श्रीभगवती क्लबलाई १-० ले पराजित गरेको थियो। ‘बी’ डिभिजन लिगमा १३ फागुनमा नयाँ वस्ती युवा क्लबले सातदोबाटो युथ क्लबविरुद्ध खेल्नेछ भने झम्सीखेल युथ क्लबले रानीपोखरी कर्नर टीम (आरसीटी) सँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। महेश राईको गोलमा खुमलटार युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एशाेसिएसनलाई १-० ले पराजित गरेको छ।सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा खुमलटारलाई जिताउन महेशले ५७औं मिनेटमा गरेको गोल पर्याप्त बन्यो। जितसँगै खुमलटारले तीन अंक पक्का गरेको थियो।

">