आँचलले गरिन् उदीपसँग टीकाटालो

काठमाडौं। अभिनेत्री आँचल शर्माले उनका प्रेमी डा. उदीप श्रेष्ठसँग टीकाटालो गरेकी छन्। आज चुच्चेपाटीस्थित इम्पेरियल बैंक्‍वेटमा आँचल-उदीपको ‘इन्गेजमेन्ट’ भएको हो।

एक वर्षदेखि प्रेममा रहेका उनीहरू २९ फागुनमा वैवाहिक बन्धनमा बाँधिदैछन्। बूढानीलकण्ठमा रहेको होटल पार्क भ्यूमा हुने विवाहपछि उनीहरूले ३० फागुनमा होटल हायातमा ‘रिसेप्सन’ दिनेछन्।

चलचित्र ‘नाइँ नभन्‍नु ल-४’ बाट अभिनय यात्रा आरम्भ गरेकी मोडल तथा अभिनेत्री आँचलले केही महीनाअघि मात्र आफू प्रेममा परेको सार्वजनिक गरेकी थिइन्।

फेसबुकको माध्यमबाट यी दुई एकअर्कासँग नजिकिएका थिए। र, फेसबुकबाटै प्रेममा परेका थिए।

आँचलको नाम अभिनेता पल शाहसँग जोडिएर समेच चर्चा हुने गर्थ्यो। उनीहरूले एकसाथ तीन फिल्म र थुप्रै म्यूजिक भिडिओमा काम गरेपछि प्रेम सम्बन्धको चर्चा चलेको थियो। तर, उनीहरूले प्रेम सम्बन्ध कहिल्यै स्वीकार गरेका थिएनन्। यी दुईले आफूहरूबीच घनिष्ट साथीको सम्बन्ध रहेको बताउँदै आएका थिए।

आँचलले हालै चलचित्र ‘झिँगेदाउ’को छायांंकन सकेकी छन्। विवाहपछि उनले ‘दुई रूपैयाँ’ टीमको ‘डामाडोल’ चलचित्रमा काम गर्नेछिन्।

उदीपले विवाहपछि पनि आफ्नो चलचित्र यात्रालाई सहयोग गर्ने प्रतिबद्धता जनाएकाले विवाह गर्न तयार भएको आँचलले बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्