धनुषामा चोरीपैठारीको लत्ताकपडा र जुत्ता बरामद्
<p>धनुषा। सशस्त्र प्रहरीले जनकपुर उपमहानगरपालिका-१६ स्थित कपिलेश्वरबाट ११ फागुनमा दुई लाख ९७ हजार रूपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र जुत्ता बरामद् गरेको छ।</p>
<p>भारतबाट भन्सार छलेर अवैधरूपमा भित्र्याइएकाे लत्ताकपडा र जुत्तासहित दुईवटा माेटरसाइकल नियन्त्रणमा लिइएकाे हाे।</p>
<p>सशस्त्र प्रहरीका अनुसार बरामद् सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
