फेवातालमा खसेका एकजनाको सकुशल उद्धार

पाेखरा। फेवातालमा खसेका एकजना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेकाे छ।

काठकाे डुंगामा सवार पाेखरा महानगरपालिका-१८, खपाैदीका ५० वर्षीय बुद्धि जलारी आज फेवातालमा खसेका थिए।

उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्‍वार्टर कास्कीबाट फेवाताल रेक्स्यु टावरमा खटिएको टोलीले उद्धार गरेकाे हाे।

यसैबीच आजै फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् भने दुईजनाको सकुशल उद्धार गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्