रौतहट दुर्घटनामा घाइते प्रहरीलाई आईजीपीले भेटे

काठमाडौंं। रौतहटमा हिजो, ११ फागुनमा भएको दुर्घटनाका घाइते प्रहरीलाई भेटेर प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका प्रहरी कर्मचारीहरूलाई भेटेर आईजी ज्ञवालीले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्।

दुर्घटनामा घाइते प्रहरी सहायक निरीक्षकद्वय गोविन्द यादव र मनोज सिंहको नेपाल प्रहरी अस्पताल, महाराजगंजमा उपचार भइरहेको छ।

प्रहरी सहायक निरीक्षक हृदय यादव, प्रहरी सहायक निरीक्षक विश्वनाथ प्रसाद यादव र सवारी चालक प्रहरी जवान सरोज यादवको राैतहटको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचार गराइएको थियो।

उनीहरूको अवस्था सामान्य भएकाले उपचारपछि डिस्चार्ज भइसकेका छन्।

रौतहटको चपुरबाट बारातर्फ छुटेको गरेको ना १ झ १३३१ नम्बरको प्रहरी भ्यान र विपरीत दिशाबाट आइरहेको ना ६ ख ८६२५ नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गमा ठोकिएर पाँच जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्