काठमाडौं। प्रहरीले पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्यापश्चात कामदार विजय चौधरीले किन आत्महत्या गरे भन्ने कुनै कारण फेला पार्न सकेको छैन।
२७ माघमा ललितपुरको सानेपास्थित पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या गरेर कामदार चौधरीले आत्महत्या गरेका भनिएको थियो।
घटनास्थल मुचुल्का, संलग्न प्रमाण, पोष्टमार्टम रिपोर्ट तथा फरेन्सिक रिपोर्ट लगायतका सबै विषयको अनुसन्धानबाट हत्यापश्चात किन आत्महत्या गरे भन्ने कुनै कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
“अनुसन्धानका सबै काम लगभग हामीले सकेको अवस्था छ”, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी टेकप्रसाद राईले भने, “अहिलेसम्मको अनुसन्धानबाट कुनै कारण भने खुल्न सकेन।”
प्रहरीले मृतक मुना कार्कीका श्रीमान पूर्वसचिव अर्जुन कार्कीसँग पनि आवश्यक सोधपुछको काम सकिसकेको छ।
अब केही सामान्य बुझ्नुपर्ने काम मात्रै बाँकी रहेको एसएसपी राईले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा नै कामदार चौधरीले पहिले कार्कीको हत्या गरेर त्यसपछि आफूले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो।
सबै अनुसन्धान सकिएपछि पनि प्रहरी उक्त निष्कर्षमा नै पुगेको हो। केहीदिनमा प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाउने तयारी गरेको छ। प्रहरी स्रोतका अनुसार अब भवितव्य ज्यान सम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाइने छ।
२७ माघ बिहान मुना भान्छाकोठामा रक्ताम्मे अवस्थामा भेटिएकी थिइन् भने कामदार चौधरी झुन्डिएको अवस्थामा भेटिएका थिए। घाइते मुनालाई उपचारका लागि सानेपास्थित स्टार अस्पताल लगिएको थियो। तर, त्यहाँ चिकित्सकले कार्कीलाई मृत घोषणा गरेका थिए।
घटनाएपछि कार्की र चौधरीका परिवारले घटनाको निष्पक्ष रूपमा अनुसन्धानको माग राखेर ललितपुर प्रहरी परिसरमा निवेदन पनि दिएका थिए।
" /> काठमाडौं। प्रहरीले पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्यापश्चात कामदार विजय चौधरीले किन आत्महत्या गरे भन्ने कुनै कारण फेला पार्न सकेको छैन।२७ माघमा ललितपुरको सानेपास्थित पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या गरेर कामदार चौधरीले आत्महत्या गरेका भनिएको थियो।

">