खप्तड गोल्डकपः क्वार्टरफाइनल समीकरण पूरा

कैलाली। नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको क्‍वार्टरफाइनल समीकरण पूरा भएको छ।

गोल्डकपको चौथो दिन आज भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीले रूपन्देहीकै सुनौलो संगम युवा क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम आठमा पुगेको छ।

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो।

टाइब्रेकरमा गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रन्दिप पौडेल, निशान न्यौपाने र उत्तम गुरुङले गोल गरे।

टाइब्रेकरमा गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ नायक बने। उनी खेलको म्यान अफ दी म्याच घाेषित भए।

सुदूरपश्चिम-११ स्पोर्टस् क्लबद्वारा आयोजित गाेल्डकप धनगढी रंगशालामा भइरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्