कैलाली। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेशबाट एक लाख पत्र संकलन गरेर बुझाइने भएको छ। पश्चिम सेती निर्माणका लागि दबाब दिन 'बोलन्या थली' धनगढीले एक लाख पत्र संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउने भएको हो।
पश्चिम सेतीका बारेमा रचनात्मक विरोध स्वरूप आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको ७५० पैसासहित बुझाउने तयारी भएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले आज आयोजित पत्रकार सम्मेलनमा बताए। विश्व साहित्य सम्मेलनबाटै पत्र संकलन अभियान शुरू गर्ने उनले बताए।
साहित्य सम्मेलनका लागि १४ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी आउँदैछिन्। राष्ट्रपति सहभागी कार्यक्रममार्फत् नै प्रधानमन्त्रीको लागि पत्र तयार गर्न आह्वान गरिने जोशीले बताए।
लगत्तै ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने संयोजक जोशीकाे भनाइ छ।
“हामीले पश्चिम सेती बनाउन निरन्तर दबाब दिँदै आएका छौं”, उनले भने, “यो पनि दबाबको एउटा चरण हो।”
यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको संयोजक जोशीले बताए।
" /> कैलाली। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेशबाट एक लाख पत्र संकलन गरेर बुझाइने भएको छ। पश्चिम सेती निर्माणका लागि दबाब दिन 'बोलन्या थली' धनगढीले एक लाख पत्र संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउने भएको हो।पश्चिम सेतीका बारेमा रचनात्मक विरोध स्वरूप आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको ७५० पैसासहित बुझाउने तयारी भएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले आज आयोजित पत्रकार सम्मेलनमा बताए। विश्व साहित्य सम्मेलनबाटै पत्र संकलन अभियान शुरू गर्ने उनले बताए।

">