अवैधरूपमा भारत लैजाँदै गरेको केराउ बरामद् <p>कैलाली। कैलालीमा अवैधरूपमा भारत निर्यात हुँदै गरेको केराउ बरामद् गरिएको छ।</p> <p>टीकापुर नगरपालिका-९ मा रहेको सत्ती भन्सार कार्यालयले भारततर्फ अवैधरूपमा निर्यात हुँदै गरेको केराउ बरामद् गरेको हो।</p> <p>भन्सार अधिकृत रामचन्द्र शर्मा ढकालले ट्रयाक्टरमा भन्सार छलेर अवैध बाटो हुँदै भारत लैजादै गरेको १०५ बोरा केराउ गयराति बरामद् गरिएको बताए।</p>
प्रतिक्रिया दिनुहोस्