कञ्चनपुरमा अवैध कुखुरासहित चारवटा माेटरसाइकल नियन्त्रणमा

कञ्चपुर। कञ्चनपुरमा अवैध कुखुरा र तस्करीमा संलग्न चारवटा माेटरसाइकल नियन्त्रणमा लिइएकाे छ।

बेलौरीदेखि झलारीतर्फ तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले शुक्लाफाँटा नगरपालिका-१२, कालागौडी क्षेत्रबाट कुखुरा बरामद् गरेकाे हाे।

सशस्त्र प्रहरीका अनुसार दुई लाख ४० हजार रूपैयाँ बराबरको ४०० थान कुखुरा बरामद् गरिएको छ।

बरामद् गरिएको कुखुरा पशु क्‍वारेन्टाइन चेक पोष्ट गड्डाचौकीका प्राविधिक देवदत्त विष्ट, सशस्त्र प्रहरी ३५ गणका गणपति वीरसिंह साहु र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको छ।

नियन्त्रणमा लिइएका मोटरसाइकल भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्