काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्शामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औं साधारणसभाको आज उद्घाटन गर्दै उनले नेपालको नक्शालाई पूर्णरूपमा समावेश गरिएको पाठ्यक्रम लागू गर्न शिक्षा क्षेत्रका संस्थाहरूले पनि भूमिका खेल्नुपर्नेमा जोड दिए।
छिमेकी भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो नक्शामा समावेश गरेपछि नेपालले कूटनीतिक पहलबाट समस्याको समाधान गर्न पहल गरिरहेका बेला शिक्षामन्त्रीले विद्यालयको पठनपाठनमा पनि सही नक्शाको प्रयोग गर्न आग्रह गरेका हुन्।
उनले बालबालिकको न्यूनतम गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सार्वजनिक-निजी साझेदारीको अवधारणालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै विद्यालयहरू एकापसमा गाभेर गुणस्तरमा ध्यान दिन आग्रह गरे। उनले राष्ट्रिय शिक्षा नीति, २०७६ मा आधारित रही विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्चशिक्षाको छाता ऐनको तयारी भएकाले त्यसको निर्माणका क्रममा सरोकार भएकाहरूसँग निरन्तर छलफल गरिने विश्वास दिलाए।
नेपाल अभिभावक महासङ्घका अध्यक्ष धर्मदत्त देवकोटाले निजी विद्यालयको अस्तित्वलाई अस्वीकार गर्न नसकिने भए पनि अभिभावकसँग बढी शुल्क र शिक्षकलाई कम तलब दिने प्रवृत्ति अन्त्य गर्न माग गरे।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारले आफूहरूलाई पूर्वाग्रही व्यवहार गरेको गुनासो गरे। रासस
" /> काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्शामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औं साधारणसभाको आज उद्घाटन गर्दै उनले नेपालको नक्शालाई पूर्णरूपमा समावेश गरिएको पाठ्यक्रम लागू गर्न शिक्षा क्षेत्रका संस्थाहरूले पनि भूमिका खेल्नुपर्नेमा जोड दिए।

">