काठमाडौं। एभरेष्ट प्रिमियर लिगको ललितपुर प्याट्रियट्सले यस सिजनका लागि आज पाकिस्तानका तीन खेलाडीलाई अनुबन्ध गरेको छ।
१ चैतबाट हुने प्रतियोगिताका लागि ललितपुरले अलराउन्डर हम्मद अजम र हसन खान तथा बायाँहाते तीव्र गतिका बलर मिर हम्जालाई अनुबन्ध गरेको हो।
जनवरी २०१९ मा मिर हम्जाले इङ्ल्यान्डको काउन्टी च्याम्पियनसिपमा सुसेक्स काउन्टी क्रिकेट क्लबसँग अनुबन्ध भएका थिए।
हसन खानले पाकिस्तान प्रिमियर लिगमा २०१८ मा क्वेट्टा ग्लाडियटर्स र २०१९ मा लाहोर क्वालन्डर्सबाट खेलेका थिए। त्यस्तै क्यानडाको ग्लोबल ट्वान्टी–२० मा एडमोन्टन रोयल्सबाट खेलेका थिए। उनले २०१८ मा सम्पन्न यु–१९ विश्वकपमा पाकिस्तानको कप्तानी गरेका थिए।
अलराउन्डर हम्मद अजमले पाकिस्तानको घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनी पाकिस्तान कप २०१९ का उत्कृष्ट अलराउन्डर हुन्।
ललितपुरले यसअघि श्रीलंकाका पूर्व कप्तान उपल थरंगालाई अनुबन्ध गरिसकेको छ।
ललितपुरको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्। प्रतियोगितामा एउटा टीमले कम्तीमा तीन विदेशी खेलाडी अनुबन्ध गर्नैपर्छ।
ललितपुरका प्रशिक्षक राजु बस्न्यात क्लबले अनुबन्ध गरेको चार विदेशी खेलाडीबाट उत्साहित भएका छन्।
“तीन खेलाडीको अनगमनले टीम सन्तुलित बनेको छ। नेपालकै खेलाडीले पनि पछिल्ला प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन्”, प्रशिक्षक बस्न्यातले भने, “यससँगै हामी प्रतियोगितामा दाबेदारका रूपमा खडा भएका छौं। टीममा अनुबन्ध खेलाडीबाट धेरै खुशी छु।”
" /> काठमाडौं। एभरेष्ट प्रिमियर लिगको ललितपुर प्याट्रियट्सले यस सिजनका लागि आज पाकिस्तानका तीन खेलाडीलाई अनुबन्ध गरेको छ।१ चैतबाट हुने प्रतियोगिताका लागि ललितपुरले अलराउन्डर हम्मद अजम र हसन खान तथा बायाँहाते तीव्र गतिका बलर मिर हम्जालाई अनुबन्ध गरेको हो।

">