काठमाडौं। इन्डियन आइडल सिजन–११ को उपाधि सनी हिन्दुस्तानीले जितेका छन्। उपाधी जितेसँगै सनीले २५ लाख रूपैयाँ (भारू) पुरस्कार पाएका छन्।
उनले कार समेत उपहार पाएका छन्। साथै, टी–सिरिजको नयाँ चलचित्रमा पनि सनीको आवाज समावेश हुनेछ।
शोको सेकेन्ड रनरअप भने रोहित राउत भए। उनले नगद ५ लाख पुरस्कार जिते।
अक्टुबर महीनाबाट शुरू भएको यो सिजनको कार्यक्रम करीब पाँच महीना चलेको थियो। शोको फाइनलमा ५ जना प्रतिस्पर्धी पुगेका थिए। तर, भोटिङको आधारमा सनीले उपाधी आफ्नो हातमा पारेका हुन्।
सनीले सबैको मन छोएका थिए। उनले गाएका ‘भर दो झोली मेरी’, हल्का हल्का सुरूर’ लगायतका गीत दर्शकले निकै बढी रुचाएका थिए। जसले गर्दा उनलाई उपाधि जिताउन सहज भयो। उनी शो शुरू भएदेखि नै सबैको नजरमा थिए।
यो वर्षको ‘इन्डियन आइडल’मा विशाल ददलानी, नेहा कक्कड, हिमेश रेशमिया निर्णायक थिए। यो शोमा नेहा र आदित्य नारायणको विवाह हुने खबरले बढी चर्चामा आएको थियो।
" /> काठमाडौं। इन्डियन आइडल सिजन–११ को उपाधि सनी हिन्दुस्तानीले जितेका छन्। उपाधी जितेसँगै सनीले २५ लाख रूपैयाँ (भारू) पुरस्कार पाएका छन्।उनले कार समेत उपहार पाएका छन्। साथै, टी–सिरिजको नयाँ चलचित्रमा पनि सनीको आवाज समावेश हुनेछ।

">