वन्यजन्तुको गैरकानूनी व्यापारमा रोक लगाउने कानून बनाउँदै चीन
काठमाडौं। चीनको संसद ‘नेसनल पिपुल्स कंग्रेस’ का अधिकारीहरूले वन्यजन्तुको अवैध व्यापारमा रोक लगाउने कानून निर्माण प्रक्रिया थालेका छन्। आफ्ना नागरिकलाई स्वस्थ राख्न वन्यजन्तुको शिकार र खानपिन गर्ने क्रमलाई रोक लगाउने निर्णयमा उनीहरू पुगेका हुन्।

अहिले महामारीको रूप लिएको कोभिड– १९ (कोरानो भाइरसबाट लाग्ने रोग) वन्यजन्तुबाट मानिसमा सरेको आशंका गरिएको छ। वन्यजन्तुलाई पनि खानाको रूपमा प्रयोग गर्ने बानीका कारण भाइरस मानिसमा सरको आशंका गरिएको छ। त्यसैले त्यसमा रोक लगाउने कानून बनाउन थालिएको हो।

त्यस्तो कानूनको मस्यौदा १२ फागुनमा नेसनल पिपुल्स कंग्रेसको हरेक दुई महिनामा बस्ने ‘स्ट्यान्डिङ कमिटी’ मा पेश भएको छ। मस्यौदामा केही मानिसहरूले लापरवाहीपूर्ण रूपमा जंगली जनावरको मासु खाने समस्यालाई केन्द्रमा राखिएको छ।

यसले तत्कालै जंगली जनावरको मासु खानमा प्रतिबन्ध लगाउने छ र तिनको गैरकानूनी व्यापार रोक्ने छ। जसले मानिसको स्वास्थ्य र पर्यावरण संरक्षणमा कानूनी सुनिश्चितता उपलब्ध गराउने छ।

चीनमा वन्यजन्तुको ओसारपसार र व्यापारलाई अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ। अहिले कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यसमा स्थायी रूपमै प्रतिबन्ध लगाउन विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूले माग गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्