काठमाडौं। आज विहानदेखि वीपी राजमार्ग अबरुद्ध छ। गाडीको ठक्करबाट खुर्कोटका ५० बर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएपछि स्थानीयले राजमार्गमा अवरोध गरेका हुन्।
वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट श्रेष्ठको मृत्यु भएको हो।
ठक्कर दिने गाडी पत्ता लगाएर कारवाहीको माग गर्दै स्थानीयवासीले खुर्कोटमा राजमार्ग अवरुद्ध पारेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार ठक्कर दिने गाडीको खोजी भइरहेको छ। अवरुद्ध राजमार्ग नियमित गर्ने प्रयास पनि भइरहेको छ।
राजमार्ग अवरुद्ध भएपछि वीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं र काठमाडौंदेखि अन्यत्र हिंडेका यात्रीहरू अलपत्र परेका छन्।रासस
" /> काठमाडौं। आज विहानदेखि वीपी राजमार्ग अबरुद्ध छ। गाडीको ठक्करबाट खुर्कोटका ५० बर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएपछि स्थानीयले राजमार्गमा अवरोध गरेका हुन्।वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट श्रेष्ठको मृत्यु भएको हो।

">