मलेसियाका प्रधानमन्त्री महाथिरले दिए राजीनामा

काठमाडौं। मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका छन्।

दुई पंक्तिको वक्तव्यमा उनले आफूले मलेसियाको समय अनुसार दिउँसो १ बजे त्यहाँका राजालाई राजीनामा बुझाएको बताएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उनको महाथीरको दलले पनि सरकार छोडेको र गठबन्धन तोडेको जनाएको छ।

गत हप्ताको अन्तिमतिर भएको राजनीतिक उतारचढावका बीच महाथीरको यो निर्णय आएको हो। आइतबार राती उनको दलले उनका अपेक्षित उत्तराधिकारी अन्वर इब्राहिमलाई पन्छाउँदै नयाँ सरकार गठन गर्ने तयारी चलिरहेको समाचार बाहिर आएको थियो।

९४ वर्षीय महाथिर र ७२ वर्षीय अन्वरबीचको पुरानो द्वन्द्व मलेशियाको लामो राजनीतिक गाथाको एक अध्याय हो।

६ दशकदेखि शासन गरिरहेको बारिशन गठबन्धनलाई हराउन सन् २०१८ को निर्वाचनमा अन्वर र महाथिर एकैठाउँमा उभिएका थिए जसले तत्कालीन प्रधानमन्त्री नाजिब रजकलाई हरायो।

तर महाथिरले पूर्व सहमति अनुसार अन्वरलाई सत्ता बुझाउने मिति टार्दै जाँदा उनीहरूको गठबन्धनमा समस्या निम्तिएको थियो।

सन् १९८१ देखि २००३ सम्म महाथीर प्रधानमन्त्री रहँदा अन्वर कार्यकारी थिए। तर, सन् १९९८ मा वित्तीय संकट कसरी सामना गर्ने भन्नेबारे विवाद हुँदा महाथीरले उनलाई सरकारबाट निकालिदिएका थिए। -अलजजिराबाट

प्रतिक्रिया दिनुहोस्