जावलाखेलको जुस सेन्टरबाट ३० लाख रुपैयाँ चोरी गर्ने पक्राउ <p>काठमाडौं। ललितपुरको जावलाखेलस्थित पशुपति भिभान्ता जुस स्टोरबाट ३० लाख रुपैयाँ चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। चोरीमा संलग्न खगेन्द्र कुमार थापालाई प्रहरीले पक्राउ गरेको हो। थापा काठमाडौंको कलंकीस्थित खड्का गाउँमा डेरा गरी बस्दै आएका थिए।</p> <p>९ फागुनमा &nbsp;जुस स्टोरबाट&nbsp;३० लाख रुपैयाँसहित जिन्सी धनमाल पनि चोरी भएको थियो। थापा सोही जुस सेन्टरमा काम गर्थे। घटनाको अनुसन्धान गर्दैजाँदा सोही स्टोरमा काम गर्ने थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। उनको कोठाबाट नगद २० लाख ५० हजार रुपैयाँ बरामद भएको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्