काठमाडौं। सरकारी कागजात किर्ते गरेको आरोपमा काठमाडौंका विभिन्न ठाउँबाट चारजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा बाजुरा घर भई काठमाडौं कीर्तिपुर बस्ने २८ वर्षीय रमेशबहादुर कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल, २६ वर्षीय जनक कटुवाल र ललितपुर लगनखेल बस्ने ४० वर्षीय शिरबाबु महर्जन छन्।
रमेश, प्रकाश र जनकलाई सरकारी कागजपत्रहरु किर्ते गरेको आरोपमा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनीहरुले प्रयोग गरेको नक्कली कागजपत्र बनाउने ललितपुर महानगरपालिका-१९ लगनखेलस्थित एलपी छापाखानाबाट शिरबाबुलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूबाट नक्कली छापहरु बनाउन प्रयोग हुने कम्प्यूटर, पेनड्राईभ, प्रिन्टर, स्ट्याम्पसहितका सामान बरामद गरिएको छ।
चारैजनामाथि सरकारी छाप किर्ते मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ।
" /> काठमाडौं। सरकारी कागजात किर्ते गरेको आरोपमा काठमाडौंका विभिन्न ठाउँबाट चारजना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा बाजुरा घर भई काठमाडौं कीर्तिपुर बस्ने २८ वर्षीय रमेशबहादुर कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल, २६ वर्षीय जनक कटुवाल र ललितपुर लगनखेल बस्ने ४० वर्षीय शिरबाबु महर्जन छन्।

">