काठमाडौं। तीन दशक अघिसम्म नेपालका विभिन्न क्षेत्रमा तल्लो तहका प्राविधिकको अभाव थियो। डाक्टर, इन्जिनियरजस्ता उपल्लो श्रेणीका प्राविधिक जनशक्ति कति देशभित्रै तयार हुन लागिसकेका थिए। कति कोलम्बो परियोजना जस्ता छात्रवृत्ति पाएर विदेशमा पढेर आउँथे। तर, परिस्थिति फेरिएको छ। अहिले सामान्य प्राविधिक जनशक्तिको संख्या सात लाखभन्दा बढी भएको छ।
यो उपलब्धिका पछाडि एउटै संस्थाको हात छ। त्यो हो- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)।
 copy.jpg)
सीटीईभीटीले साक्षर, एसएसलसी अनुतीर्ण तथा एसएलसी उत्तीर्णका लागि मातहतका शिक्षालय, संस्था र कजेलबाट विभिन्न प्राविधिक विषय तथा व्यावसायिक तालिम दिने गरेको छ।
छोटो अवधिको सीपमूलक तालिम करीब चार लाखले लिएका छन्।
विभिन्न विषयमा डिप्लोमा, प्राविधिक एसएलसी गर्नेको संख्या दुई लाख ५६ हजार ८१४ छ।
प्राविधिक र सीपमूलक विषय भएकाले सीटीईभीटीबाट प्रमाणपत्र लिनेमध्ये अधिकांश रोजगार छन्।
परिषद्का सदस्य सचिव पुष्परमण वाग्ले भन्छन्, “यहाँबाट तालिम लिएका ७५ प्रतिशत रोजगारीमा आवद्ध भएको देखिएको छ। जसले तालिम लिए उनीहरू केही न केही जीविकोपार्जनमा जोडिएका छन्। स्वरोजगारी, ज्यालादारी काम वा वैदेशिक रोजगारीमा समेत उनीहरू गएको देखिन्छ।”
अहिलेसम्म क्षेत्रगतरूपमा हेर्दा इन्जिनियरिङमा १२ हजार ३४६ जना जनशक्ति उत्पादन भएका छन्।
 - Copy.jpg)
त्यस्तै स्वास्थ्य क्षेत्रमा ५५ हजार १७९ जना र कृषि क्षेत्रमा ५३ हजार ७९ जना जनशक्ति उत्पादन भएका छन्।
करीब ७४ हजार व्यक्ति प्रत्यक्षरूपमा सीपमूलक काममा जोडिने अवस्था बनेको छ।
इन्जिनियरिङमा सिभिल र इलेक्ट्रिक दुवै अध्यापन हुने गरेको छ। यसमा गाह्रो लगाउने, घर बनाउने, बिजुलीको तार जोड्नेदेखि विद्युतीय सामानको मर्मत गर्ने जस्ता जनशक्ति उत्पादन हुने गरेका छन्।
पशु स्वास्थ्य, पशुपालन, उन्नत जातका पशु उत्पादन तथा पशुसम्बन्धी सम्पूर्ण तालिम दिने गरिन्छ। यसले विदेश जानेहरूलाई समेत निकै सजिलो हुन्छ। नेपालमै पनि आम्दानीको राम्रो स्रोत बन्न सक्ने हुँदा धेरैको आकर्षण बढ्दो छ।
सीटीईभीटीले टुरिज्ममा समेत जनशक्ति उत्पादन गरिरहेको छ। टुरिज्मअन्तर्गत कोर्स लिएपछि होटल तथा रेस्टुरेन्टमा वेटर, वेट्रेस तथा सेफका रूपमा काम गर्नेको संख्या बढ्दै गएको छ।
सात दशकको इतिहास
नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम औपचारिकरूपमा दिने प्रयत्नको इतिहास लामो छ। शिक्षालाई जीवन उपयोगी बनाउने उद्देश्यले विद्यालय तहमा व्यावसायिक सीप र ज्ञान सिकाउने प्रयास २००४ सालदेखि नै शुरू भएको हो।
त्यतिखेर ‘आधारभूत विद्यालय’का नामले सामान्य रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले कृषि, निर्माण, कटाइ, बुनाइ तथा हस्तकला जस्ता व्यावसायिक विषय समावेश गरी व्यावसायिक शिक्षा दिने व्यवस्था गरिएको थियो। तर, केही वर्षमै यो विद्यालय अस्तित्वबाटै हरायो।
२०२८ सालमा पुनः नयाँ शिक्षा प्रणाली शुरू भई माध्यमिक विद्यालयमा कम्तीमा एउटा विषय व्यावसायिक शिक्षा पढाउने व्यवस्था गरियो। तथापि यसले सोचजस्तो परिणाम दिन सकेको थिएन।
२०४५ मा मात्र आएर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गठन भएको हो।
उँभो लाग्दैछ सीटीईभीटी
पछिल्लो समय सीटीईभीटीकै क्षमता पनि बढ्दै गएको छ। आंगिक शिक्षालय ५९ वटा छन्। २० वटा विद्यालयमा प्राविधिक शिक्षा अध्यापन हुने गरेको छ भने ५३४ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम शुरू भएको छ। निजी क्षेत्रमा भने ४२९ विद्यालयमा प्राविधिक शिक्षा जोडिएको छ।
शुरूको तीन वर्षसम्म परिषद्को विद्यार्थी भर्ना क्षमता करीब ४० हजार मात्र थियो। अहिले विद्यार्थी भर्ना क्षमतामा समेत विस्तार भएको छ। करीब ७४ हजार वार्षिकरूपमा भर्ना क्षमता पुगेको छ। बर्सेनि करीब ३९ हजार व्यक्ति डिप्लोमा र करीब ३६ हजार व्यक्ति टि.एस.एल.सीमा भर्ना हुन्छन्।
पछिल्लो समय सीटीईभीटीमा उत्पादन भएको जनशक्ति बढ्ने र बेरोजगार रहने हुन् कि चिन्ता समेत बढ्न थालेको पाइन्छ। बढ्दो जनशक्ति व्यवस्थापनका लागि परिषद् आफैंले होटल एशोसिएसन (हान), उद्योग वाणिज्य संघ जस्ता विभिन्न रोजगारमूलक निकायसँगको सहकार्य समेत अघि बढाउने प्रयास गरिरहेको सदस्य सचिव वाग्लेले बताए।
" /> काठमाडौं। तीन दशक अघिसम्म नेपालका विभिन्न क्षेत्रमा तल्लो तहका प्राविधिकको अभाव थियो। डाक्टर, इन्जिनियरजस्ता उपल्लो श्रेणीका प्राविधिक जनशक्ति कति देशभित्रै तयार हुन लागिसकेका थिए। कति कोलम्बो परियोजना जस्ता छात्रवृत्ति पाएर विदेशमा पढेर आउँथे। तर, परिस्थिति फेरिएको छ। अहिले सामान्य प्राविधिक जनशक्तिको संख्या सात लाखभन्दा बढी भएको छ।यो उपलब्धिका पछाडि एउटै संस्थाको हात छ। त्यो हो- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)।

">