ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ   <p>काठमाडौं। नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ।&nbsp;</p> <p>महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका चन्द्रागिरिका गोविन्द लामालाई आज पक्राउ गरेको हो। &nbsp; &nbsp;&nbsp;</p> <p>वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले २०५५ मा जिल्ला अदालत काठमाडौंले चार महीना २८ दिन कैद सजाय र दुई हजार जरिवाना तोकिएको लामालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका लामासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्